Sunday, November 23, 2014
Saturday, November 1, 2014
सेतो भित्तामा टाँसिएको पोस्टर
साँझको समय, माइतीघरबाट बानेश्वरको बाटो फटाफट हिँड्दै थियौं । सार्कको तयारीमा झिलिमिली परेको बाटो वरिपरि खम्बा तथा भित्ताहरूमा भर्खर रङ्ग लगाइएको थियो ।
त्यही बेला दुईजना मान्छेहरू ती खम्बा तथा भित्ताहरूमा केही पोस्टर टाँस्दै गरेका देख्यौं । एकमन त हकारेर भनुँ झैं लाग्यो, तर ती मान्छे टेर्ने खालका जस्ता लागेनन् ।
अनि युक्ति फुर्यो । पोस्टर हेरेँ । एउटा ब्वाईज होस्टेलको विज्ञापन रहेछ । सञ्चालकको फोन नं पनि रहेछ । सिधै नम्बर ९८५१०९०२९८ लगाएँ । उताबाट हेलो सुन्नु अगावै म जिल्ला प्रशासनबाट भनेँ । उताबाट नरम बोलीमा सर भन्नुस् भन्ने बित्तिकै पेलीहालियोे। 'के हो? पुरा शहर सार्कका तयारीमा सफाइ हुँदैछ, तपाइँ चै फोहोर बनाउँदै पोस्टर टाँस्ने'
' त्यो काम रोक्न लाउन हुन्छ कि भोली कारवाहीका लागि प्रहरी पठाउँ?'
उताबाट बाटोतिर पो मान्छे गएछन् भनेर आश्चर्य प्रकट हुँदै तुरून्त मान्छे फर्काउने कुरा आयो । अनि अन्तमा फेरि एक लट थर्काइयो 'त्यो टाँसेको उप्काउन लाउनुस्'

Subscribe to:
Posts (Atom)
Popular Posts
-
उनीलाइ जानु थियो, गइन् । के भयो र? मलाइ थामिनु थियो, रोकिएको छु । वाचा उनले पनि गरेकी थिइनन् आखिर ! कहाँ दोष दिन मिल्यो मैले ? जसो गरी उन...
-
हजार चोट सहेर उ हाँसे जस्तो गर्छ आकाश पाताल बीचको हद नापे जस्तो गर्छ अचानोले खुकुरीलाई प्रेम त गर्न खोज्छ हरेक चोटमा ती गोदना खोपेे जस्...
-
धर्ती आकाश भुल्छु, बादल बन्छु । सुख दुख भुल्छु, पागल बन्छु ।। पैताला र शिरको भेद भुल्छु । चालमा ताल दिन्छु, पायल बन्छु ।। सोच्छु एक थरी, हुन...
-
हिड्नु अनि लड्नु, लडेपछि उठ्नु टुक्रा भएपनि, एक हुन जुट्नु रेखै रेखा जालो भरिएछ हात जालो विच किन हासोँ रेखा छुट्नु आसुँमात्र दिन्छ जमानाले स...
-
जति जति काट्दै फाल्यो उति धेरै पलाउँछ । नकाटेर बसुँ भने झनै साह्रो चिलाउँछ ।। दिकदार लागेर म फँडानी जो गर्न खोज्छु । भन्छिन् उनी केटा तेरो ...