"चिया चिसो भो"
सारा संसारको पीर एकतरफ, आमाको चिया चिसो हुने चिन्ता एकतरफ ।
बिहान बिहानै पाँच बजे चिया पकाएर खुवाउने आमालाई के थाहा, छोरो भर्खरै निँदाएको हो ।
आजकाल निँद्रा हराएको छ । रातभर के के खेल्छ दिमागमा । मलाई आफैंप्रति बडो
फूर्ति थियो कि जत्ति सुकै तनाव भएपनि निदाउन सक्छु । हुन पनि जस्तो सुकै
तनावपूर्ण अवस्थामा पनि निदाउँथे र आनन्द हुन्थ्यो । तर आजकाल के भएको छ?
निद्रा गायब छ । एक शेर लेखिएको थियो गफैगफमा ।
'तिमी आएपछि यी भित्ता भित्ता बोल्नेछन्
राखेका छन् अनिँदा रातका कथाहरू साँचेर'
भित्ताहरू अब चैं साँच्चिकै बोल्लान् ।