Saturday, April 18, 2015

एकतारेलाई थाहा छैन




हरिभक्तले न्यूरोडमा ढल्मलिदैं 
फुराएका गीत कहाँ होलान्?
लक्ष्मीप्रसादले मैतीदेवीमा धूँवा उडाउँदै 
कोरेका कविता कता होलान्?

एकतारेलाई थाहा छैन!


भक्तराजले कोठामा अलापेका
भजन रागहरू कहाँ बिलाए होलान्?
नारायणगोपालले रूमानी मूडमा
सिर्जेका कालजयी धुन कसले याद गरे होलान्?

एकतारेलाई थाहा छैन ।


एकतारेको एकसुरे धुन,
भोली कहाँ गुञ्जिनेछ?
आज थाहा हुन्न, भोली पनि थाहा नहोला ।

3 comments:

  1. उसो त हामीलाइ पनि कहाँ थाहा छ र?
    एकतारेको एकसुरे धुन,
    भोली कहाँ गुञ्जिनेछ?
    आज थाहा हुन्न, भोली पनि थाहा नहोला ।

    ReplyDelete
  2. तिमीसँग गूगल ड्राईवमा स्टोर गर्ने सुविधा छ, उनीहरूसँग थिएन

    ReplyDelete
    Replies
    1. मेरो गुगल ड्राइभ पनि अरूले कहाँ हेर्लान् र?

      Delete

Popular Posts