Friday, June 5, 2015

गजल - ९३

तिमी हाँस्दै गरेको ठूलो तस्बीर अझै हासेकै छ
भलै निधार बीचमा त्यसको सीसा चर्केको छ

हाम्रो कोठामा जताततै धूलै–धूलो जमेको छ
जहाँ छुन्छु त्यहाँ तिम्रो नाम लेख्न मिलेको छ

(धन्यवाद विनु सुवेदीलाई, यो शेरको भावका लागि)

तिम्रा सबै सामानहरू यो कोठामा उस्तै नै छ
मात्र पात्रो फेरिएको छ, घडी घुमी रहेको छ

म आकाशमा जून हेर्छु त्यही जून मलाई हेर्छ
यो दूरीमा जून र मेरो चोखो प्रेम बाँचेको छ

जति हिँडे पनि पाईला पुग्ने छैन लक्ष्य सम्म
हरेक नयाँ दोबाटोमा गलत बाटो रोजेको छ

No comments:

Post a Comment

Popular Posts