Friday, July 17, 2015

आगो, पानी, प्रेम (कविता)

शुरूवातमा
तिम्रो र मेरो प्रेम
आगो र पानी जस्तो
म एक थोपा,
तिमी एक फिलिङ्गो

झिल्का माथी झिल्का थपियो 
लप्कियो सबै सल्काउन

बलेर सबै सकियो
बाँकी रह्यो केवल तातो खरानी

थोपा माथी थोपा थपिँदै गयो
मुटुको खाल्डोमा साँचिदै गयो
जमेर झनै उर्लियो
बाँकी रह्यो त यो असीम सागर

अहिले फेरि उही प्रेमिल बतास चल्दा
तिम्रो प्रेम खाक बनी उड्छ
मेरो प्रेम कतै उर्लिन्छ, कतै छल्किन्छ

No comments:

Post a Comment

Popular Posts