Wednesday, June 15, 2016

गजल ९९

जो थिए भुली गए, जो छन् ती मीत भए
मायालु फेरिनु त मायाका रीत भए

धूलोका पत्रपत्र फ्रेमका घुम्टी बने
जब त्यो तस्बिरका मुस्कान अतीत भए


मागेको जति सबै दिई रहेँ सधैं सधैं
हार भए जति मेरा, त्यति नै जित भए

घाममा बादल झरे इन्द्रेणी बन्थे होला
रातमा झरे र त पातमाथि शीत भए

प्रकाशितः http://baahrakhari.com/np/entertainment/ektareyagajal/

No comments:

Post a Comment

Popular Posts