जाडोको मौसम, रापिलो घाम तापिरहेको हामी जोडी । मिठा वात हुँदै थिए, वात कतिबेला वादविवादमा परिणत भयो, होसै भएन । एक्कासी उनी उठिन र घोषणा गरिन करिमा स्टाइलमा " अब देखी म तिमीलाइ कहिल्यै भेट्दिन, I don't want to see you anymore"। आकाश खस्यो, धरती भास्सियो । कुरा बुझ्नै सकिन मैले, चित्त दुखाउने म रिसाउने उनि? कँहाको न्याय हो यो? " म गएँ .... " मेरो मौनताले झन आगोमा घिउ थाप्ने काम गर्यो ।
" I swear to god, i'll never meet you"
"I've no concern With you..."
"I don't need you at all ..."
"You know more than me, ..."
धाराप्रवाह आरोप र त्यागको घोषणा हुँदैथियो । आसुँले आँखा धमिलियो, चित्त भास्सियो । विना गल्तिको कत्रो सजाय । मुखमा ताल्चा लागेको थियो । "you don't understand me at all...." उताबाट थप घोषणा हुँदै थिए । म भने पिडा सागरमा निस्सासिँदै थिएँ । जवाफमा बोली फुरेन, नोटबुक उठाएँ, उनको सबै घोषणालाइ लिपिवद्ध गरेँ र ५ बुँदे घोषणापत्र तयार गरेँ । उनको अघि तेर्साएँ । झम्टेर लिइन उनले र सहिछाप ठोकिन त्यसमा ।
मलाइ घर पुर्याइदेउ । आदेश आयो । चुपचाप उठेँ र पछि लागे । चोकमा छुटिँयौ र आआफ्नो कोठा तिर लाग्यौ ।
कोठामा पुगेको मात्र थिँए । मोबाइलमा एसएमएस आयो ।
"Sory, sory, sorrryyyyyyyy"
अलि साँस आयो, हुदय गती मत्थर भयो, निर बाढी रोकियो । फोन बज्यो ।
"रिसाएको?" प्रश्न आयो, हरे प्रभु म बबुराको के आँट रिसाउने?
"छैन"
"सरी"
"ठिकै छ"
"मैले साँच्चिकै भनेको होला त? घोषणा नै गरेको त हैन नि"
"के थाहा"
"सरी"
"साँच्चिकै नभनेको भए, नभनि दिए हुन्थ्यो नि"
"रिस उठ्यो नि, के गर्नु त?"
अब चै मैले माफ माग्नु पर्ने भयो, मैले बुझेँ, अनि मुटुमाथी ढुंगा राखेर बोले
"Sorry, i'm really sorry"
"हिहिहिहिहिह....ल अब नरिसाउ है, भोली फेरी घाम ताप्न जानु पर्छ"
हरे इमोशनल अत्याचार !!!! घाम भन्दा त उनको रिसनै तातो होला, मैले ताप्ने त त्यही रिस पो हो । डायरी उठाएँ र एउटा कविता कोरेँ । शायद भोली फेरी अर्को लेख्ने "प्रेरणा" मिल्नेछ ;)
"ढुंगा हान्यो, पहाड बनी खस्यो मनमा ।
आगो बाल्दै, नयन तीर धँस्यो मनमा ।।
हेर्दा हेर्दै, पाइला मोडी फर्की हिँड्यौ ।
एकान्त यो, नासुर भइ फस्यो मनमा ।।"
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
त्रिशुली किनार हुइँकिदाँ -१ र त्रिशुली किनार हुँइकिदाँ - २ पछि अगाडी केही बेर रोमाकान्तको कोठामा विश्राम गरेपछि वासुदेवलाई चैं ...
-
यो संसार अजिब छ भन्थे, कोही कोही देख्दा चै साँच्चीकै संसार अजिब छ भन्ने कुरा माथी विश्वास लाग्छ । कुरो एउटा स्वप्रसिद्ध व्यक्तित्वको हो । वह...
-
तपाईँको दिमाग खोतल्नुस् एकछिन् । याद गर्ने कोशिश गर्नोस् तपाइँको जिन्दगीको पहिलो सम्झना, के याद आउँछ? मलाई भने मेरो आमाको मिठो मुस्कान याद...
-
Pic by Stefan Stenudd सुनेको, देखेको र भनेको कुरा, प्रेम पागल हुन्छ । हुँदो रहेछ, थाहा हुन गाह्रो भएन । पागलपन पनि रमाइलो र लोभलाग्दो हुँ...
-
आज नै मेरो फलामे घोडा बेचिदिन्छु अनि ल्याउँछु एउटा खच्चर त्यो खच्चरमा मेरो सवारी निस्कदाँ आपूर्ती मन्त्रीको खप्परमा भर...
Superlikes! :)) Another Boundary! :P
ReplyDeleteThanks Brother :)
Deleteएउटा-एउटा नियमित झगडाले एउटा-एउटा कविता जन्माउने रहेछ, त्यस हिसाबले झगडा राम्रो छ है !
ReplyDelete:)
कथा हो कि व्यथा नै हो यो ?
त्यही भएर म बारम्बार झगडा गरिरहन्छु । जति धेरै माया, उति धेरै झगडा भन्थे..
Deleteव्यथालाइ अलि नुनखुर्सानी मिसाएर कथा बनाएको हो ।