यो गजल विशेष उनीलाई....शंकाले गाँजेको उनको सोच प्रस्ट्याउनै पर्ने भयो, अनि उत्तम माध्यम भनेको गजल ....)
तिम्रो रूप सजाउने कालो गाँजल भैदिन्छु म
आँखा लाग्ला तिमीलाई, ढाक्ने आँचल भैदिन्छु म
पाईला तिम्रो चल्दा खेरी प्रकृति नि झुम्छ सँगै
चालमा तिम्रो ताल मिलाई, बज्ने पायल भैदिन्छु म
रूप तिम्रो देखेपछि जलि मर्ला सूर्य पनि
ढुक्क सँग हिँड्नु तिमी छेक्ने बादल भैदिन्छु म
साथ तिम्रो हुनेछु म, जता तिमी लागे पनि
सही गलत थाहा छैन, मुर्ख, पागल भैदिन्छु म
गहभित्र सागर छ, छेक्न गाह्रो पर्ला कतै
परेलीको डिल्मा बसी रोक्ने गाजल भैदिन्छु म
दु:ख सबै लिन्छु आँफै, सुख जति तिमीलाई,
तिमी खुशी, भई नाच, बज्ने मादल् भैदिन्छु म
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
Beauty of bike ride is you get to stop where ever you like and enjoy the scenery. This time I got bored of K-town and was heading for Lumb...
-
आजकाल जुनसुकै पत्रिकामा टुइट छापिएको देख्नु भएको छ? सामाजिक सञ्जाल चलाउनु हुन्छ? अनि टुइटरको बारेमा उत्सुकता छ? टुइटरमा आउनु भयो तर टुइ...
-
"ल है कलंकी ओर्लिने कोही छ भने आऊनुस् है " कानै नजिक कन्डक्टर चिच्याए पछि मेरो निद्रा खुल्यो । घडी हेरेँ, रातीको ११ बजिसकेको रहे...
-
[ बेहतरिन स्ट्रोक, फिल्डरको बिट किया..लेकिन बाउन्डरीलाइनपे फिल्डर तैनाथ,कोई रन नहीँ.. बहुत बढिया शाट...सिधे फिल्डरके हातो में शानदार स्ट्र...
-
To the one who when kept on land of choclate sees nothing but calories and more calories "Dear Sabin, As a rule, you are a fool when it...
No comments:
Post a Comment