कोमल मेरो शरिरमा किन गर्छौ छेडखानी
मन परेन मध्यरात जिस्काउने तिम्रो बानी
रातभरी एकान्तमा बज्छ एक हाते ताली
झनै मख्ख भई तिमी, राग तान्छौ गला तानी
सागरबाट एक थोपा लिँदा दुख हुन्न थियो
चोरी गरी पिडा दिन्छौ जातै तिम्रो बेइमानी
घुम्दा घुम्दै संसार यो, कहाँ पियौ अमृत तिम्ले
काललाई छलि सक्यौ, विष पनि भयो पानी
प्रकृतिलाई मात गरी तिमी भयौ सदाबहार
तराई पहाड जतासुकै उस्तै उस्तै भो कहानी
Tuesday, June 22, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
ओ पहाडिन! तोहार हमार कौन कौन चीज मिलत है? मन मिलत है सोच मिलत है भविष्य कय योजना मिलत है नाहीँ मिलत है तो खाली ई नाम कय पिछे आय...
-
कि त तिम्रो त्यो मन भारी हो नत्र त्यो सोच अहंकारी हो पस्किनु अघि भन्नुपर्थ्यो नि हजुर पनि मांसाहारी हो
-
कस्तो हुस्सू भईएछ, आफू के हो भुलिएछ हिँड्दै जाँदा एक्लै भएँ ओहो ! बाटो छुटि्टएछ फूलले छुँदा चोट लाग्यो शायद प्रेममा गलिएछ घर कता बेघर कता...
-
Sand Sketch: Living Forest by David Myriam अन्जान बाटोमा हराएँ म हिँड्दा हिँड्दै मेरो बाटो हरायो आउँदै गरेको तिमीलाई बाटोको ठेगाना सो...
-
फेसबुकमा साथीले एउटा भिडियो शेयर गरेको रहेछ । कुनै देशमा बालबालिका प्रयोग गरेर धूमपान गर्ने व्यक्तिहरू माझ चेतना फैलाउने गज्जबको तरिका ...
No comments:
Post a Comment