मुहार मेरो मुस्कानले रंगाउन प्यारो मलाई ।
पिर वेथा कतिकति लुकाउन प्यारो मलाई ।।
सुख दुख सबैलाई बराबरी भन्छु म त ।
खुशी बाँडी दुःख मात्र बचाउन प्यारो मलाई ।।
ऐश्वर्य भन्नु धन दौलत मात्र हैन मेरो लागी ।
अजम्बरी साथी संगी कमाउन प्यारो मलाई ।।
मनको मेरो उडानमा पुग्न सक्छु जहाँ पनि ।
कल्पनाको घोडाहरू दौडाउन प्यारो मलाई ।।
हृदयमा पलाएको भावना यो कलाकारको ।
गजल बनाई अक्षरमा सजाउन प्यारो मलाई ।।
सबिन सिंह
अगस्ट १८, २०१० बुधवार ।
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
हिजो भर्खर आफ्नो एउटा अन्तरवार्ता हेरियो । अनि अस्ति भर्खर फेसबुकमा लाइभ गजल वाचन गरियो । यही बीचमा रेडियोमा पनि कुराकानी गरेर आइयो । ...
-
१.बुझाउन मनका कुरा म कवि बनेँ स्वरूप आफ्नो भुली तिम्रो छवि बनेँ मुटु छेउ लुकेको माया कहाँ देख्यौ र बाटो तिम्रो उजेली गर्न रवि बनेँ =...
-
आज विहान देखि अप्रिल फूल मनाउने क्रममा ७ वटी केटीलाइ "आइ लभ यू " भनेर मेसेज पठाइयो । जम्मैको भाँती भाँतीका जवाफ आयो.. १. साँच्ची ...
-
धनकुटा जाने सोच थिएन । एक्कासी धनकुटा जाने भइयो । धनकुटा भन्ने बित्तिकै अनन्त अनुराग याद आए । फेसबुकमा मेसेज गरियो 'धनकुटा आउँदैछौं ।...
No comments:
Post a Comment