लौ न! लौ न!! कस्तो आपत मेरो साथ लागी आयो
जो माथी यी औंला उठे, उ सँगै नाम गाँसी आयो
लहरको सवारीमा रहर भेट्न खोजुन् जति
लहरले बेर्दा भन्छन् बिना खबर आँधी आयो
के झरेको थियो उता, दुइ बूँद मेरो नाममा
दिल भित्र उर्लिएर यता भने बाढी आयो
फुकी फुकी सल्काएर न्यानो हुन खोज्नेहरू
गुनासो चै किन जब पिरो धुँवा माथी आयो
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
ओ पहाडिन! तोहार हमार कौन कौन चीज मिलत है? मन मिलत है सोच मिलत है भविष्य कय योजना मिलत है नाहीँ मिलत है तो खाली ई नाम कय पिछे आय...
-
कि त तिम्रो त्यो मन भारी हो नत्र त्यो सोच अहंकारी हो पस्किनु अघि भन्नुपर्थ्यो नि हजुर पनि मांसाहारी हो
-
कस्तो हुस्सू भईएछ, आफू के हो भुलिएछ हिँड्दै जाँदा एक्लै भएँ ओहो ! बाटो छुटि्टएछ फूलले छुँदा चोट लाग्यो शायद प्रेममा गलिएछ घर कता बेघर कता...
-
फेसबुकमा साथीले एउटा भिडियो शेयर गरेको रहेछ । कुनै देशमा बालबालिका प्रयोग गरेर धूमपान गर्ने व्यक्तिहरू माझ चेतना फैलाउने गज्जबको तरिका ...
-
लौ न! लौ न!! कस्तो आपत मेरो साथ लागी आयो जो माथी यी औंला उठे, उ सँगै नाम गाँसी आयो लहरको सवारीमा रहर भेट्न खोजुन् जति लहरले बेर्दा भन्छन...
लु जमेछ ।
ReplyDelete-------
लहरको सवारीमा रहर भेट्न खोजुन् जति
लहरले बेर्दा भन्छन् बिना खबर आँधी आयो