"ल है कलंकी ओर्लिने कोही छ भने आऊनुस् है "
कानै नजिक कन्डक्टर चिच्याए पछि मेरो निद्रा खुल्यो । घडी हेरेँ, रातीको ११ बजिसकेको रहेछ ।
विहान ७ बजेदेखि बसको साँघुरो सिटमा एकोहोरो बसाई, खानीखोला देखि शुरु भएको एकोहोरो जाम, उकालोमा इञ्ची इञ्ची गर्दै सरेको बसको पट्यार लाग्दो घच्घच्याईले मस्त निदाईएछ । सिटमा सँगै बसेको साथी पनि कता ओर्लिसकेछ थाहै भएन । चावहिलसम्म जाने भन्दै थियो, सँगै जाउँला भनेर सोचेको थिएँ । अब एक्लै जानु पर्ने भयो ।हुन त नजिकै त हो बसुन्धरा भनेको । फेरी बस पनि पाइएला भन्ने आशा जाग्यो ।कलंकी मै आधाउधी बस खाली भयो । स्वयम्भू पुग्दा त बसमा बसकाो स्टाफ बाहेक जम्मा ४ जनामात्र बाँकी रह्यौँ ।एउटै परिवार थियो बाकी तीनजना, त्यो पनि म्हेपी जाने रहेछन् । भन्नाले, म मात्र बाँकी रहेँ ।
बसपार्क बाहिरै ओर्लिएँ ।
बस रोक्ने ठाउँमा हेरेँ, लहरै ट्याक्सीहरू रहेछन् । ट्याक्सीहरू भित्र बत्ती नबलेको देख्दा लाग्दै थियो सबै ड्राइभर सुतिरहेछन् । २० मिनेट कुरेँ, बाटोमा फाट्ट फुट्ट बाइक बाहेक केही पनि आएन । अब ट्याक्सी चढ्नुको विकल्प रहेन ।