
आकाश बढी दुःखी भनि चित्त बुझाउँछ
मायालुले प्रेम सँगै चोट पनि दिन्छन्
थाहै हुन्न मनमा के कति अटाउँछ
उकालोको यात्रा, शिखर टेक्दा टुंगिएछ
फुर्सदमा,हतारिएको पाईला पछुताउँछ
देखिएका सपनाहरू रातमै भुलिदिनु
विपनामा सम्झनाले साह्रै सताउँछ
कवि बन्ने भए रून सिकेस् एकतारे
पाठकले तेरो आँसु बढी रूचाउँछ
No comments:
Post a Comment