Saturday, May 11, 2013

सादा प्रेमपत्र (कविता)

लेख्दा लेख्दै प्रेमपत्र,
बतासले यी कागजका पाना उडाई लगे कता कता
बेमौसमी बर्सातले
पोखिएका मनका बह सबै
पखालेर फेरी सादै पारिदिए होलान् ती पानाहरू

भन्छन्,
यो बर्सातको पानी
धरतीको उचाइँ र मैदान छिचोल्दै

फूलको सुवास  र माटोको मैलो बटुल्दै
सागरमा गई मिस्सिन्छ
अनि त्यही पानी बादल बनेर
आकाशको बाटो लिएर
तिम्रो आँगनीमा पुग्नेछ
अनि बर्सिनेछ

झरीको दिनमा
झ्यालमा बसेर आकाशको बदली नियाल्दा
बलेसीमा झरेको यही पानीमा
मेरो मनको बह मिसिएको
तिमीले थाहा पाउने हो कि होइन?

1 comment:

Popular Posts