Saturday, June 8, 2013

दाग

बसन्तपुरको ईनारमाथी बसेर
सिसाको गिलासमा लोकल चिया
खुब स्वाद मानेर खान्थयौँ

मिठो स्वाद चियाको हुन्थ्यो कि गफको
कि हाम्रो साथको हुन्थ्यो
कहिल्यै याद गरिएन

एकदिन गफैगफमा
दिल खोलेर हाँस्दा
तिम्रो गिलासको चिया छल्किएर
मेरो छातीमाथी पोखिएको थियो
तातो चियाले पोलेको थियो,
तर पोलाइले पीडा दिएन


अहिले पनि त्यही टिशर्ट लगाउँछु
हरेक चोटी धुन खोज्दा
सेतो टिशर्टमा लागेको दाग
नमेटियोस् जस्तो लाग्छ

5 comments:

  1. त्यो दिन, दिल खोलेर हाँस्दा सोचेको थिईन,
    यी आँखाबाट आँसु छछल्किनेछ

    तिमी टिशर्ट भिजेको कुरा गर्छौ
    म त्यहि आँसुमा रुझेको जिन्दगी जिंउदैछु

    एक झल्को पारीलो घाम
    तिमी बनी आउने चाहमा
    अगेना सामुसम्म पुग्ने बाटो बाट बच्दैछु

    ReplyDelete
    Replies
    1. दाग दागै हुन्
      लागेपछि मेटिन्न रहेछ
      न म त्यो टिशर्ट फेर्न चाहन्छु
      न त्यो दाग मेटिन चाहन्छ
      जिन्दगी फगत दागमै अल्झिरहने भयो

      Delete
  2. यादहरुको लाँकुरीभन्ज्यांगमा ''दाग'' एउटा गुलाब मुस्काउँदै छ ! प्रयुक्त दागउपरको फैशला न्यायोचित छ - एकतारे काब्य अदालतमा !!

    ReplyDelete
  3. तिम्रो टिशर्टमा लागेको
    अमिट त्यो दाग
    मेरो याद बनी
    मेरो चिन्ह बनी
    तिम्रो म बनी
    तिम्रो साथ दिईरहुन्

    ReplyDelete

Popular Posts