चिसो सिरेटो, धुम्म आकाश, अनि आकाशबाट सिमलका रूवा जस्ता स-साना हिउँका थुङ्गाहरूको बर्सात... समय एकदम मनमोहक थियो । म भने माथि आकाशतिर हेर्दै मुख खोलेर ती चिसा हिउँका थुङ्गाहरू आफू भित्र विलिन गर्ने कोशिश गर्दै थिएँ । कति सफल भएँ, कति असफल भएँ...तर अनुहार भरि चिसो हिउँको स्पर्श र छालाको ताप पाएर पग्लिएको हिउँको चिसोपनाले भित्रसम्मै ठिहिर्याइरहेको थियो । तर अचानक बादल झनै कालो भयो, टाढा कतै साइरन बजेको जस्तो सुनियो । त्यो साइरनको आवाज बेग्लै प्रकारको थियो । त्यो आवाज झन झनै नजिक नजिक आउँदै गयो र स्पष्ट हुँदै गयो । अचम्म !! त्यो साईरनको आवाज त मोबाइल फोनको घन्टी जस्तो पो रहेछ । अझै ध्यान दिएर सुनेँ, मोबाइलमा भाइबरको रिङ्गटोन जस्तै आवाज..दुरुस्त !!
झल्यास्स आँखा खुल्यो... सपना पो देखेको रहेछु । कोठाको एसी बन्द रहेछ । राती यही सेन्ट्रल कन्ट्रोल्ड एसीको तातो हावाले मलाई गर्मी गराएको झोंकमा बन्द गरेर सुतेको थिएँ । अझै चिसो चाहिएर कोठाको झ्याल पनि खुल्लै छोडेको रहेछु । कति बेला देखि हिउँ पर्न शुरु गरेछ, थाहै भएन । त्यही चिसोले कक्रिएर सपनामा सुद्धा हिउँ परेको देख्दै रहेछु ।