कुनै गीत किन रुच्छ?
गायकको मोहक स्वर?
मन्त्रमुग्ध पार्ने संगीत?
गीतको समय,सन्दर्भ?
शब्दहरूको मार्मिकता र सान्दर्भिकता?
गायकको मोहक स्वर?
मन्त्रमुग्ध पार्ने संगीत?
गीतको समय,सन्दर्भ?
शब्दहरूको मार्मिकता र सान्दर्भिकता?
आजकल गीत सुन्दा दिमागमा यस्तै यस्तै कुराहरू खेल्छन् । साँच्चै भन्नुपर्दा हरेक गीत मनपराइनुमा विभिन्न कारणहरू हुन्छन् । एउटै कारण हुन्छ भनेर ठोकुवा गर्न सकिन्न । केही गीत सुन्ने बित्तिकै मनपर्छन्, केही दिन मै वाक्क लागछन् । केही गीत भने मनपर्न समय लाग्छ तर मनपरेपछि कहिले पनि वाक्क लाग्दैन । यस्तै केही गीत मध्य कालीप्रसाद रिजालको गीत "केही मिठो बात गर" पनि पर्छ ।