Sunday, January 31, 2016

गन्तव्य (कविता)

Sand Sketch: Living Forest by David Myriam
अन्जान बाटोमा हराएँ म
हिँड्दा हिँड्दै मेरो बाटो हरायो
आउँदै गरेको तिमीलाई बाटोको ठेगाना सोधेँ
तिमीले भन्यौ "मलाई पनि थाहा छैन"
बल्ल मलाई लाग्यो म ठिक बाटोमा छु

तिम्रै हात थामेर अगाडी डोर्याउँदा
तिमीलाई दोधार हुँदो हो
आएकै दिशामा फर्किनु ठिक होला त?

नसोच धेरै,
म जहाँबाट आएँ र तिमी जहाँ जाँदैछौ
त्यहाँ केही खुशि बाँकी छैन
तर तिमी जहाँबाट आएकी हौ
मलाई ... हामीलाई त्यहीँ जानु छ

त्यहाँ बसन्त छ
त्यहाँ उमङ्ग छ
तिम्रो हात थामे खुशी त्यही मौलाउने छ ।

No comments:

Post a Comment

Popular Posts