Monday, May 16, 2016

गजल ९७

त्यो बसन्त पछि वर्षात् लगातार आएको छ
एक फूल झरेपछि बूँद हजार आएको छ

फूल टिप्न हुन्न भनि जसले भन्यो जिन्दगी भर
उसको चितामा फूलगुच्छा उपहार आएको छ



के सम्झिनु गल्ती भयो, कि बिर्सनु गल्ती थियो?
याद सँगै पीडा फेरि एकबार आएको छ

कहाँ बुझे मर्म मेरो, आँसु पुछ्नेहरुले त
अब रुन्छु, सँगै रुन मेरो यार आएको छ



यी आवारा गल्लीहरुमा पनि एक्लो हुन सकिन म
हरेक ठेसमा हाम्रा याद बारम्बार आएको छ

ऊ नै छैन जसका लागि यी गजल लेखिन्छन्
एकतारे यो महफिलमा बेकार आएको छ

1 comment:

  1. फूल टिप्न हुन्न भनि जसले भन्यो जिन्दगी भर
    उसको चितामा फूलगुच्छा उपहार आएको छ

    यी हरफहरु विशेष मन पर्यो मलाई ।

    ReplyDelete

Popular Posts