Sunday, February 19, 2012

अब त बाँच्ने आधार छ (गजल)





अब त बाँच्ने आधार छ
अँगालोमा यो मुहार छ

एक्लै हाँस्न कहिले रुन
बहानै त हो हजार छ

रोएछु भेट भएको बेला
मन खाली गर्न हतार छ

म र तिमी साँघुरो भयौं
हामी भई दिए संसार छ

आँसु देउ लैजाउ हाँसो
'दिनेश'को यस्तै व्यापार छ

'एकतारे' मिठो बज्दैछ आज
धुनमा मिलनको झंकार छ


साथी दिनेशराज ज्ञवाली सँगको सहलेखनमा पहिलो गजल । वहाँको वैवाहिक जिवनको लागि शुभकामना सहित यो गजल यो जोडीमा समर्पित . . . .

3 comments:

  1. हेर हेर यी ओँठमा फुलेको मुस्कान,
    तिमी नै हौ कर्ता, तिम्रै अधिकार छ।

    ReplyDelete
    Replies
    1. वाह वाह वाह..... सबिनको एकतारेले मिठो धुन दिएकै थियो, रबिन्द्र गुरुको गीतले पो झन झन्कार थपिदियो :) वाह :)

      Delete
    2. धन्यवाद मित्रहरू, दिनेशगुरूको त्यो खुशीको पलहरू झन् झन् खुशी लिएर आउनेछन् :)

      Delete

Popular Posts