Tuesday, February 28, 2012

नगरकोटको बाटो, एउटा घटना

आज साँझ कमलविनायकस्थित साथीको कोठा बाट फर्किदै थिएँ । सूर्यविनायक तिर जानुपर्ने भएको हुँदा कमलविनायक चोकबाट जगाती तिर मोडिएँ । अलि अगाडी बढेपछि बाइकको लस्कर देखियो । जमानाको भर छैन पक्कै केही दुर्घटना भएर जाम भएको हो जस्तो लाग्यो । तर भिड भएपनि बाइकहरू गुडिरहेकै थिए । अचम्म लाग्यो..अलि अगाडी पुगेँ । खासमा एउटा कारको पछाडी पछाडी जम्मै बाइकहरू विस्तारै हिँडिरहेका रहेछन् । त्यो कारलाइ ओभरटेक गरेर अगाडी जान पनि सकिन्थ्यो तर अगाडी जान कोही पनि इच्छुक देखिएनन् । कौतुहलता जाग्यो..आखिर के रहेछ भनेर । अनि आँखा गडाए त्यो गाडीमा...

सूर्यविनायक, जगाती, कमलविनायक हुँदै नगरकोट जाने बाटो पर्दछ र फर्कने बाटो पनि यहि नै हो । त्यो कारको पछिल्लो सिटमा एक जोडी रहेछन् । नियालेर हेरेँ, भर्खर टिनएज पार गरेका मंगोलियन अनुहारका जोडी रहेछन् त्यो प्राइवेट कारमा । पक्कै पनि यो जोडी नगरकोटको रमणिय मौसमको दिनभरी मजा लिएर फर्केका हुनपर्छ । तर दिनभरीको साथको रन्को अझै उत्रेको रहनेछ शायद जोडीलाइ...उनीहरू वरिपरिको संसार भुलेर एकआपसमा डुबेका थिए । उनीहरूको मायालु क्रियाकलाप मनको घेरा तोडेर शारिरीक हुँदैथियो । अँगालोमा बेरिएर चुम्बनसम्म पुगेको थियो ।

विश्वव्यापीकरणको प्रभावमा परिवर्तनको संघारमा छ हाम्रो समाज ।  हाम्रो परम्परा र संस्कृति भन्दा बाहिरका  बानी व्यहोरा नयाँ पुस्ताले अपनाउँदैछ । पुरानो पुस्ता भने यसको विरोधमा छ । यो पनि यस्तै विषय न हो ।  पुस्ता पुस्ता विचको विभेद हरेक समाजले देखेको भोगेको छ, हामी पनि अपवाद होइनौं । तर कुन हदसम्म चलेका संस्कारलाइ तोड्ने भन्ने कुरामा नयाँ पुस्ता पनि सचेत हुन जरूरी छ । त्यो जोडी त संसारको मतलब नराखी आफू मै हराइरहेका थिए । तर ति पछि पछि लागेका बाइकवालाहरू यसरी रमाउँदै थिएँ मानो उनीहरूले बाटो माझ सित्तैमा "पोर्न" हेरिरहेका छन् । मलाइ बडो Awkward लाग्यो, बाइकको एक्सिलेटर बटारेँ  र हुँइकिँए ....

3 comments:

  1. yo khaireko prabhaabh banda pani man pari tantrako prabhaaabh hola baru.... hamrai baato ho hamile jaha je gare pani huncha bhanne soch bhayeka ajabholika yuwako dimag ma kaile ghaam udaune ho..

    ReplyDelete
  2. यो पश्चिमेली सँस्कृती मान्छे मान्छेमा फरक पर्ने कुरा हो । जुन समाजका सामाजिक प्राणीले देख्नै पाएका थिएनन् उनीहरूका लागि सायद(!) नौलौ कुरा देखे जस्तो भयो होला र जसले दैनिक देखे भोगेका थिए उसले एक्सिलेटर बटारेर हुँईकिए । यस्तै हो समाज र मान्छे ठाउँ अनुसार फरक हुन्छ ।

    ReplyDelete
  3. we can't "kiss" in public but proudly "piss" in public

    ReplyDelete

Popular Posts