घटना १ - दुर्घटना वा षडयन्त्र
छिमेककी आन्टी एकाबिहानै घरमा आईपुगिन् । आमा चिया लिएर कोठामा पस्नु मात्र भएको थियो । मभने सुत्या जस्तो गरी ओछ्यानमै गुट्मुटिएको थिएँ । आन्टी हत्तपत्त आउँदिनन्, आए पछि पक्कै पनि केही ठूलो कुरा (उनका लागि) लिएर आउँछिन् । मलाई भने ति आन्टीका कुरा उत्पात उल्टापुल्टा लाग्छन् । नकारात्मक बाहेक केही सोच्नै नसक्ने । आन्टीको हस्याङ्गफस्याङ्ग र आतुरी हेर्दा आज पनि पक्कै केही उल्का भएको छ भन्ने लाग्दै थियो । आमाले ढोका खोलेपछि भित्र पस्ने बित्तिकै वहाँको मुख पनि खुलिहाल्यो ।
"थाहा छ मेरी बुहारीले तातो पानी जिउ माथी खन्याई नि"
मेरो नलाग्या निद्रा पनि उड्यो, जुरुक्क उठेँ । आमाले सोध्नुभयो "ओहो ! कसरी नि? अनि धेरै पोल्यो त? हस्पिटल लग्यो?"
आन्टीले मुख बंग्याउँदै भनिन् "ह्या..के को हस्पिटल लानु, हातमा अलिकति परेको छ । पानी उमाल्दै थिई ताप्केमा, पल्टाइ नि तेस्ले, ठिकै छ अहिले त । गोल्भेडाँ पिसेर लगाई आफै.."
आमालाई अझै पनि ति भाउजूको माया लाग्दै थियो "हैन त्यति गरेर हुन्छ त? क्लिनिक सम्म त लैजानु पर्ने कि?"
आन्टी झर्किइन् "तेस्लाई के डाक्टरकाँ लानु? दसैंमा घरको काम गर्नु पर्ला भनि जानीजानी घोप्टाएकी तेस्ले"
मलाई खपिनसक्नु भयो "काँ आन्टी, कसैले जानीजानी ति उम्लेको पानी आफ्नो जिउमा खन्याउँछ, नचाहिने कुरा..."
आन्टीले मतिर फर्किएर आँखा मुख नचाउँदै भनिन् "तिमी जस्ता फुच्चेहरूलाइ के थाहा? आईमाइहरूले के के गर्छन् भनेर, अस्ती प्रतिज्ञाले पनि यस्तै त गरेकी थिई"
म तिर्मिराएँ..को प्रतिज्ञा??
यसो आमा तिर हेरेँ, आमैले कुरो बुझिन् अनि ति आन्टी झै आँखा मुख नचाउँदै बोलिन्
"त्यो क्या स्टारपलसमा आउँछ नि 'प्रतिज्ञा....', त्यसकी हिरोइन् क्या..."
घटना २ - सेक्सी गजल
रत्नपार्क तिर तुफान शान्त 'नेपाल' र म मुकुन्दे दाईको भाषण सुन्न भनि लाग्दै थियौं ।
उत्तर तर्फको गेट बन्द भइसकेको रहेछ, थाहै थिएन । अनि रत्नपार्क भित्र पस्ने ढोका खोज्दै भोटाहिटी तर्फ लाग्यौं । फुटपाथमा विभिन्न प्रकारका सामानहरू बेच्नका लागि सजिएका थिए । एउटा छेउमा किताबहरू राखिएका रहेछन् । झट्ट आँखा एउटा किताबमा गयो । ठूला ठूला अक्षरमा 'गजल' लेखिएको रहेछ । अघि बढिसकेको पाइलाहरू पनि अडिए । कता कता शंका लाग्यो, फर्किएँ । अनि किताब उठाएर पानाहरू पल्टाएँ । एसएमएस पठाउन लायक शेरहरूको संगालो रहेछ त्यो । गजलकारको नाम त झनै कहिले नसुनेको रहेछ । किताब यथास्थानमा राखेर फर्रक्क फर्किएँ । त्यही बेला त्यो फुटपाथे साहुजीले ठूलै स्वरमा बोले...
"ए भाई...भाई...यता यता .... सेक्सी पनि छ "
घटना ३- साइडइफेक्ट
फेसबुक र टुइटरमा रमाउन थालेपछि समय बितेको थाहै हुँदैन । ल्याप्टपको ब्याट्री ७ प्रतिशत बाँकी भएको सन्देश मोनिटरमा आएपछि पो याद भयो, बत्ति त उहिले नै गइसकेको हो । घरमा इन्भर्टर जोडिएको त छ, तर कहिले भरिने गरी चार्ज हुन पाएको छैन । ल्यापटप चार्जमा जोडिदिउँ भने अहिले नधान्ला, अनि भात खाने बेलामा बत्ति झ्याप्प होला भन्ने पिर । मन मारेरै ल्यापटप फ्याट्ट पट्याएँ, अनि उक्लिएँ माथिल्लो तल्लामा रहेको भान्छा तर्फ । घरमा सबैजना भात खाईवरी सुतिसकेका थिए । चिसो भईसकेको खाना पस्काएँ थोरै । अनि खानका लागि डाइनिङ्ग टेबलमा बसी शुरू गरिहालेँ । खाँदैथिएँ एक्कासी आन्टी आईपुग्नु भयो । हातमा कुचो थियो भने आँखा निद्राले बोझिलो थियो । अब यो रात बिरात कुचो लिएर किन आएको भनि दिमाग खट्कियो मेरो । मैले बोल्नका लागि मुख खोल्न लाग्या मात्र के थिएँ, उनले बोलिहालिन् "के भएको यो केटो? भात खाने पनि बेला हुन्छ नि.. बेला न कुबेला भात खाईराछ"
के भनुँ अब? राती सकेर बिहान हुने बेला भइसक्यो, खाने तर्फ ध्यान गए पो । नखाए केही घन्टापछि पेट बटार्न थाल्छ भनेर मात्र हो खाना खान लागेको ।
आन्टी फेरी बोलिन् "हैन त यति बेला उठेर भात खान लाग्या छस्? राती भात खाइनस्"
ल भयो अब?? म उठेर भात खान लाग्या अरे, मान्छे याँ सुत्या छैन कसरी उठोस्...
"साह्रो बिग्रिस तँ केटा, यो पनि टाइम हो खाना खाने.." यति भन्दै आन्टीले नाडीमा बाँधेको घडी तिर आँखा लाइन्
हेर्दा हेर्दै आन्टीको बोली रोकियो, म तिर हेरिन् अनि हाँसिन् बेस्मारी
"हाहाहा...धत्...रातीको साढे एघार पो बज्या रैछ"
एकछिन अघि रिसाइराखेको मान्छे एक्कासी हाँस्न थालेपछि मलाई के भनुँ भनुँ भयो
"अनि कति बज्यो भन्ठानेको त?"
"बत्ति हुँदैन, टिभी पनि हेर्नु छैन भनेर अघि ७ बजे नै भात खाइवरी सुतेको.. म त बिहान भयो, घर बढार्नु पर्यो भनेर पो उठेको, ल ल.. भात खा अनि सुत चाँडै..जहिले ढिलो खान्छ, ढिलो उठ्छ"

"तिमी जस्ता फुच्चेहरूलाइ के थाहा? आईमाइहरूले के के गर्छन् भनेर,............
ReplyDeleteहै? के थाहा नि हामीजस्तालाई :P
Deletesabin ji like hane tapai ko story haru lai,aaba eauta kahane mero bare Ma ne dhaskai denu hos :-p
ReplyDelete