Thursday, June 26, 2014
Sunday, June 22, 2014
Sunday, June 15, 2014
ककनी टू नगरकोटः ऐतिहासिक टुइट पदयात्रा
| अर्जेन्टिनामय भक्तपुर ! |
| नम्रता र कविता |
साथी सन्तोष (@sapkl) ले हाइकिङ जाने हैन भनेर सोद्धासम्म जाने नजाने ठेगान लगाइसक्या थिइन । तर विश्वकप नहेरी रातभरि सुतिसकेपछि शनिवार दिनभरि के गर्ने भन्ने प्रश्नले गिँज्याइरहँदा हाइकिङ जाने नै निर्णय गरियो । शनिवार बिहान ६.११ बजे विजय (@bzaydhital) ले फोन गर्दा उठिसकेको थिएँ । सल्लाघारी चोकमा चाँगु जाने गाडी चढ्नका लागि पहिले नै विजय र मेदिनी(@kbtdhal) पुगिसकेका रहेछन् ।
त्यहाँ कुर्दाकुर्दै अर्का पुराना साथी राजु (@dah_raj) पनि भेटिए । गाडी कुर्नु भन्दा अगाडी हिँड्नु उपयुक्त हुने प्रस्तावमा समर्थन जुटेपछि हामी चार अघि लाग्यौं । भक्तपुरको प्राचिन आर्किटेक्ट र विश्वकपको ज्वरो सँगै झुन्डिएका विभिन्न देशका झन्डाहरू हेर्दै डेकोचा पुगियो । चाँगु जाने गाडी चढ्ने बित्तिकै थप तीन टुइटे सिजन (@cjan_05), नम्रता (@wakil_sahiba) र सामना (@samanagotame) भेटिए । बस उकालो लाग्दै जाँदा बस भित्र रमाइलो पनि बढ्दै थियो । महिला सिटमा पुरुष बस्नु र राजुले सिट नपाउँदा चित्त दुखेको थियो, धन्न अपाङ्ग सिट खाली भयो र बस्न पाए । अँ साँच्ची राजुको पुरानो हेन्डल rara_dd का कारण अझै पनि धेरैले उनलाइ राजुदिदी भनेर चिन्छन् । त्यो कुरा लिएर जिस्काउँदा राजु जहिलेपनि हाँसेर रिस दबाउँछन् ।

Wednesday, June 4, 2014
जूनले केही बोलेन (कविता)
निस्पट्ट अँध्यारो रातमा तारा गन्दा गन्दै
पूर्वी क्षितिजमा जून उदाउँदा
एक्कासी उसका आँखा चहकिए
जून हेरेर ऊ मुस्कुरायो
जून हाँसीरह्यो, जूनले केही बोलेन
बोटबाट निमोठेर उसले
जूनतिर रातो गुलाफ तेर्स्यायो
जून हाँसीरह्यो, जूनले केही बोलेन
धेरैबेर एकोहोरो जून हेरीरहेपछि उसले
हातको गुलाफ भुइँमा फ्याँक्यो
अनि निहुरिएर आँसुका दुई थोपा झार्यो
जून हाँसीरह्यो, जूनले केही बोलेन
बिहानी प्रहरमा त्यही रातो गुलाफमा
शीतका केही थोपा मोती झै टिल्पिलाई रहेका थिए

Subscribe to:
Comments (Atom)
Popular Posts
-
लौ न! लौ न!! कस्तो आपत मेरो साथ लागी आयो जो माथी यी औंला उठे, उ सँगै नाम गाँसी आयो लहरको सवारीमा रहर भेट्न खोजुन् जति लहरले बेर्दा भन्छन...
-
सुख दुःख अथाह यो बोकी हिँड्ने छाती छ छाती भित्रै भरिएको हावा भने भारी छ विहानीको रंगमा नि छैन कुनै उमंग निधारको पसिनामा उसै पनि लाली छ देख्न...
-
सोच्दैँ थिएँ किन हुन्छ देउताको भिड सय, लाख, करोड हैन ३३ करोड हरेक कुरा, हरेक चिजको देउता आगो, पानी, माटो, हावा, जङ्गल आदि ईत्यादी सबैको देउत...
-
माया नै हो धर्म मेरो माया नै भो जात मेरो। माया प्रेमको भजनमा बित्छ दिन रात मेरो ॥ भाग्य सँग भिड्न सक्छु आँट मेरो कसले नापोस् । डराउँछ आजभोल...
-
मन फूल हसाँइ दिने पारिलो यो घामै राम्रो खुशी मात्र फुली दिने मायाको यो यामै राम्रो कागजमा कुदिएर माया आँउछ मेरो लागि वैरीबाट लुकाएर बोकी ल...