Wednesday, August 3, 2016

गजल १०१

कि त आफैं बाटो खोलिदेऊ भगवान्
या कोदालो हातमा राखिदेऊ भगवान्

अरु केही पनि माग्ने छैन तिमीसँग
बस् आमाका इच्छा बुझिदेऊ भगवान्


आफूभित्रै प्रकाश भेट्न सकिएन
रातका ताराहरु झारिदेऊ भगवान्

जीवनभरि आँसु सहिदिन सक्थेँ
जन्मिँदा नै हाँसो छरिदेऊ भगवान्

गोडमेल नगरी त आशा कहाँ फुल्थ्यो
प्रार्थनाका हात खोलिदेऊ भगवान्

एकतारेले तिम्लाई देउता मान्नेछ
आमाको पाउमा झुकिदेऊ भगवान्

No comments:

Post a Comment

Popular Posts