
बाटोलाई नि थाहा छैन सक्किने ऊ कहाँ रै'छ?
बाटो हेरी बाटैबाटो अघि लाग्यो एक फिरन्ते
दोबाटोको घर भित्र टुङ्गिने एक कथा रै'छ
चुरोटको ठूटो माथी आगो हो कि उसको मन?मनको जलन सेलाउन थप्नु पर्ने प्याला रै'छ
आज यहाँ के पाईन्छ यत्ति मै छ आफ्नो संसार
भोली यहाँ के फेरिन्छ कसलाई के थाहा रै'छ
आज यहाँ के पाईन्छ यत्ति मै छ आफ्नो संसार
भोली यहाँ के फेरिन्छ कसलाई के थाहा रै'छ
No comments:
Post a Comment