पिडा भए गजल लेख, दुख परे गजल लेख ।
खुशीहरू मनबाट, पर सरे गजल लेख ।।
निर सागर जोर मार्छ कोशिश गरी सम्हाल्नु है ।
छल्किएर आखाँ बाट तल झरे गजल लेख ।।
यौवनको आँगनीमा सुख खोज्दै भौंतारिन्छौ
त्यै दैलोमा कुर्दा कुर्दै खुशी मरे गजल लेख ।।
आँखा भरी सजाउँछौ स्वप्न मिठो भविष्यको ।
विपनीमा यथार्थले आँखा तरे गजल लेख ।।
लेखनीमा भाव कुँद्ने हुदोँ रैछ रहर सबको
मनले नै हातलाई बाध्य गरे गजल लेख ।।
Monday, September 20, 2010 at 4:35pm
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
ओ पहाडिन! तोहार हमार कौन कौन चीज मिलत है? मन मिलत है सोच मिलत है भविष्य कय योजना मिलत है नाहीँ मिलत है तो खाली ई नाम कय पिछे आय...
-
कविताः तिमी को हौ? तिमी के हौ? कवि विक्रम सुब्बा, तस्विर साभारः जोतारे धाइबा - विक्रम सुब्बा तिमीलाई पहिलो चोटि देखेपछि मेरा ...
-
देशमा विकास हुँदैछ, देशको विकास हुँदैछ । अस्ती भर्खर एकजना हाकिमले नेपालीको घरघर उज्यालो पार्ने पवित्र उद्देश्यले छिमेकीसँग सोझै बत्ती खरिद...
-
दशैं गयो । सक्कियो । नेपालीको एकहप्ते चुमचुम सक्कियो । काठमाडौं आजदेखि फेरि जाग्यो । बिहानै देखि कोटेश्वर चोकमा जाम थियो । तर धूलो अझै ...
-
विरहको शेर कोर्नु दिनरातको काम भयो "एउटा अर्को देवदास" आज मेरो नाम भयो रावण थियो बलवान वा भईन् सीता बेइमान पुर्पुरोमा हात राख...
गजल त टन्नै आउने भो त्यसो भए । :) सुन्दर गजल ।
ReplyDeleteThanks Dinesh guru,
ReplyDeleteपिउन र गजल लेख्न बहाना लाख !