Tuesday, August 14, 2012

तपाइँ नै भन्नुस् न

हिजो साँझ एउटा साथी कहाँ पुगेको , खाना बनाउने तरखर हुँदै रहेछ बुढाबुढीको
प्रस्तुत छ उनिहरू विचको सम्वाद जस्ताको तस्तै


लोग्नेः आज खानामा के बनाउँछौ त बुढी
स्वास्नीः तपाइँ भन्नुस् न के बनाउने? म त्यही बनाउँला

लोग्नेः उही दालभात तरकारी बनाउन न त
स्वास्नीः ह्या..कति त्यही मात्र खानु

लोग्नेः त्यसो भए आज रोटी बनाउन त
स्वास्नीः अनि बच्चाहरूलाई के खुवाउनु नि?

लोग्नेः अँ..पराठा बनाउ न त
स्वास्नीः अलि हेभी हुँदैन?

लोग्नेः म चिकेन लिएर आउँछु नि त त्यसो भए
स्वास्नीः भो..आज सोमवार, मासु खानु हुन्न

लोग्नेः रेस्टुरेन्टबाट लिएर आउँछु नि त
स्वास्नीः कति बाहिरको मात्र खानु?

लोग्ने (झर्किँदै)ः त्यसो भए वाइवाइ उमालेर खुवाउ आज
स्वास्नीः हुँदैन...त्यसले पेट भर्छ त? अनि त्यो हाइजेनिक पनि त हुन्न


लोग्ने (रिसाउँदै)  ए मेरी हजुरआमा...त्यसो भए के बनाउँछौ, बनाउ यार..
स्वास्नीः तपाइँ भन्नु न के बनाउने??

2 comments:

  1. कसैले गुन्द्रुक वा किम्चीको नाम लिएन । यो सम्वाद रमाइलो भएपनि स्वस्थकर छैन कि ?

    ReplyDelete
    Replies
    1. यो परिवारले गुन्द्रुक रुँचाउँदैन नि, अझै किम्ची त चिनेको पनि छैन होला ।

      Delete

Popular Posts