Wednesday, August 1, 2012

भारतमा नक्कली कपिलवस्तु

(यो समाचार मैले लेखेको होइन, तर सबैको जानकारीमा आउनुपर्छ जस्तो लागेर बाँडेको मात्र  हुँ – एकतारे)

भारत सरकारले कपिलवस्तु भारतमा रहेको भनी प्रचारप्रसार तथा निर्माण कार्य तीव्र पारेकोे छ । नेपाल भारत सीमानाअन्तर्गत उत्तर प्रदेश राज्यको सिद्धार्थनगर जिल्लास्थित पिपरहवा भन्ने स्थानमा उक्त नक्कली कपिलवस्तु निर्माण गरेको हो । कपिलवस्तुको भन्सार नाका चाकरचौडाको तीन किमि दक्षिण एक दरबार निर्माण गरिएको छ । प्राचीन कला तथा संस्कृतिको नक्कल गरी भारतीय पुरातत्वविदहरूको सहयोगमा उनीहरूले नेपालको जस्तै देखिने कपिलवस्तु निर्माण गरेका छन् ।


अलिगढवा र पिप्राहवामा बनाइएका नक्कली कपिलवस्तु अझै निर्माण विस्तार भइरहेको छ । त्यहाँ रहेका ठुल्ठूला बोर्डमा राजा शुद्धोधनको दरबार र भगवान् गौतमबुद्धले २९ वर्ष बिताएको स्थल भनेर लेखिएको छ । सुर्खीचुना, इँटाको धुलो र चाक्लो इँटाबाट अझै दरबार निर्माण कार्य भइरहेको छ । केही वर्षयतादेखि भारतले यस क्षेत्रलाई ‘कपिलवस्तु’ नामकरण गरी व्यापक भौतिक पूर्वाधारको विकास गर्नुका साथै त्यहाँ अन्र्तराष्ट्रिय विमानस्थल समेत निर्माण कार्य सुरु गरेको छ ।



सन् १९६२ मा भारतीय पुरातत्वविद श्रीमती देवला मित्राले नेपालको प्राचीन कपिलवस्तु उत्खनन गर्दा पर्याप्त प्रमाण नभेटिएको हँुदा यो प्राचीन कपिलवस्तु नभएको भन्दै भारतको पिपरहवामा रहेको भगवान् गौतमबुद्धको अष्टधातु राखिएको उक्त स्थललाई नै प्राचीन कपिलवस्तु भएको दाबी गरेपछि भारतले पनि यसलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यममा व्यापक रुपमा भ्रामक प्रचारप्रसार गरिरहेको छ । तर भारतले दाबी गरेको कपिलवस्तुमा न त बुद्ध ग्रन्थका अनुसार नदी, पहाड र हिमाल देखिन्छ न त पाचाँै तथा साताँै शताब्दीका चिनियाँ विश्व यात्रीले भनेका कुराहरू नै भेटिन्छन् । एउटा भ्रामक प्रचारबाजीको भरमा भारतले पर्यटकहरूलाई झुक्याएर आफ्नो कपिलवस्तु सक्कली भएको दाबी गरिरहेको छ ।

भारतको पीपरहवामा न त सम्राट अशोकले स्थापना गरेका अशोक स्तम्भ नै भेटिएका छन् न त्यहाँ कुनै नदी नै छ । तर पनि भारतीय पक्ष कपिलवस्तु आफ्नै देशमा भएको सिद्ध गर्न लागि परे पनि नेपाल सरकार भने केवल मुकदर्शक बनेर बसेको छ ।

भारतले नक्कली कपिलवस्तु निर्माण गरेपछि अहिले भारतको बाटो हँुदै कपिलबस्तु आउने पर्यटकहरूको आगमनमा निकै कमी आएको छ । भारतीय गाइडहरूले नेपालको कपिलवस्तु भ्रम भएको र भारतको साँचो भएको भन्दै भ्रम सिर्जना गरेपछि उनीहरू नेपाल आउनुको साटो भारतकै नक्कली कपिलवस्तु हेरेर फर्कने गरेको लुम्बीनी विकास कोषका पुरातत्वविद कृष्ण केसी बताउँछन् ।

तिलौराकोट (प्राचीन कपिलवस्तु दरबार) उत्खनन गर्दा भेटिएका सामग्रीहरू राखिएको कपिलवस्तु सङ्ग्रहालय समेत अहिले ओझेलमा परेको छ । पर्याप्त प्रमाणको रुपमा रहेको सङ्ग्रहालय एउटा जिउँदो प्रमाण हो ।

यसरी भारतले आफ्नो कपिलवस्तु निर्माण तीव्र गर्दै जाँदा नेपालको प्राचीन कपिलवस्तुको भने ओझेलमा परेको छ । लुम्बिनी विकास गुरु योजना भनी करोडौं खर्च गरिएको छ तर भगवान् गौतमबुद्धको अमूल्य समय बितेको यस दरबारबारे न त कुनै गुरुयोजना छ, न त संरक्षण । 
- रासस

No comments:

Post a Comment

Popular Posts