यति डुबे तिमी भित्र साँस फेर्न भुली सकेँ ।
बाँच्छु अब सँधै त्यहीँ मरण पनि टाली सकेँ ।।
मुटुको यो चार कोठा रमाउने संसार मेरो ।
यहिँ भित्र लाग्छ मलाई, स्वर्ग नर्क डुली सकेँ
विश्वास गर ढुक्क भई , छैन बाँकी रहस्य क्यै ।
खुल्ला किताब तिम्रो लागी, पाना पाना खुली सकेँ ।।
खुशी छु म आफ्नै हारमा, तिम्रो जीत चाह मेरो।
आफैँलाई ठूलो ठान्ने अहंकार ढाली सकेँ ।।
सल्कदैछु विस्तारै म योवनको राप सँगै ।
आगोको के खाँचो भयो, स्पर्शले बली सकेँ ।।
नखोजुन् है अब मलाई, कसैले नि संसारमा
कण कणमा हराएर, तिमी सँगै घुली सकेँ ।।
जन्म नाता भन्दा पनि, मन्को नाता प्यारो मलाई ।
मात्र तिम्रै रहेँ अब, बन्धन सारा छली सकेँ ।।
२०६७ जेष्ठ १४ , शुक्रवार
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
मेरो बहिनी छैनन्, बहिनी र दाजु विचको माया कस्तो हुन्छ भन्ने पनि राम्ररी बुझ्न पाएको थिइन मैले । तर आज एउटा घटना पछि चै स्पष्ट भएँ, बहिनीका...
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
साँझको समय, माइतीघरबाट बानेश्वरको बाटो फटाफट हिँड्दै थियौं । सार्कको तयारीमा झिलिमिली परेको बाटो वरिपरि खम्बा तथा भित्ताहरूमा भर्खर रङ्ग ल...
-
आज विहान देखि अप्रिल फूल मनाउने क्रममा ७ वटी केटीलाइ "आइ लभ यू " भनेर मेसेज पठाइयो । जम्मैको भाँती भाँतीका जवाफ आयो.. १. साँच्ची ...
-
"चिया चिसो भो" सारा संसारको पीर एकतरफ, आमाको चिया चिसो हुने चिन्ता एकतरफ । बिहान बिहानै पाँच बजे चिया पकाएर खुवाउने आमालाई के थ...
No comments:
Post a Comment