१.
आज फेरी त्यही इतिहास दोहोरियो ।
चोखो मेरो मनको उपहास दोहोरियो ।।
बनेथ्यो प्रेमी एकचोटि फेरी सबिन,
निर्दयी त्यो दिलको अट्टहास दोहोरियो ।।
२.
मुटुमा गडिएको बुझो जस्तो लाग्छ ।
राखुँ बिझाइराछ, फालुँ भेल बग्छ ।।
दिमाग बोल्छ " उखालेरै फालिदे सबिन"
पागल मुट फेरी उही पिडा माग्छ ।।
३.
मुटुको वेथा पाली शरिर ढल्दैछ ।
माया रेट्ने आरी आरामले चल्दैछ ।।
धोखा त पाएको हैन, तर किन होला,
विनासत्ती मन मेरो दनदनी बल्दैछ ।।
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
मेरो बहिनी छैनन्, बहिनी र दाजु विचको माया कस्तो हुन्छ भन्ने पनि राम्ररी बुझ्न पाएको थिइन मैले । तर आज एउटा घटना पछि चै स्पष्ट भएँ, बहिनीका...
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
साँझको समय, माइतीघरबाट बानेश्वरको बाटो फटाफट हिँड्दै थियौं । सार्कको तयारीमा झिलिमिली परेको बाटो वरिपरि खम्बा तथा भित्ताहरूमा भर्खर रङ्ग ल...
-
आज विहान देखि अप्रिल फूल मनाउने क्रममा ७ वटी केटीलाइ "आइ लभ यू " भनेर मेसेज पठाइयो । जम्मैको भाँती भाँतीका जवाफ आयो.. १. साँच्ची ...
-
प्राइभेटमा के छ? सरकारीमा के छ? काम त काम हुनुपर्थ्यो, रोजगारीमा के छ?
No comments:
Post a Comment