Monday, November 21, 2016

दाइ नभन्नु ल (ब्लग)

तस्वीर : सन्तोष पोखरेल


ट्विटरमा भर्खर एकजना नानी आएकी छन् । उमेरमा मभन्दा कम छिन् । उनको हिसाबमा धेरै कम, मेरो हिसाबमा अलिकता मात्र कम । उनलाई ट्विटरमा नरमाइलो हुँदै गएको रहेछ । कारण के भने, ट्विटरमा नयाँ केटी देख्नै नहुने, केटाहरू जिस्किन आइहाल्ने । अलिअलि जिस्किउन्जेल त उनलाई नि रमाइलै लाग्दो हो, तर सीमा नाघेर जिस्काउन थालेपछि उनलाई असह्य भएछ ।
एक बिहान गुनासो पोखिन्, "कति मायाले दाइ भन्छु, कसैले सहन्नन् त ।"
मलाई यो कुरो खड्कियो । जिस्किने पारामा जवाफ दिएँ, "दाइ नभन्नू ल !"
उताबाट जवाफ आयो, "आफूभन्दा ठूलालाई दाइ नभने के भन्ने त ?"

Sunday, November 20, 2016

गजल १०५

प्राइभेटमा के छ? सरकारीमा के छ?
काम त काम हुनुपर्थ्यो‌, रोजगारीमा के छ?

Tuesday, September 27, 2016

तीन रूपैँया

(नेपालखबर.कममा साउन २२, २०७३ मा प्रकाशित)

टुइटरमार्फत बिहानै थाहा भयो। पेट्रोलको भाउ घटेछ, त्यो पनि दुइ दुइ रुप्पे। मन एकछिन फुरुङ्ग भो। तर त्यो दुई रूप्पे घटेपछि हुने दर सम्झेर एकैछिन मै सुरूप्पै भो। रू उनान्सय बाट रू सन्तानब्बे त हो नि। कत्ति न हो र? कार्यालय जाने समय भइसकेको थियो। सल्लाघारीबाट टेकुसम्मको बाटो समान्यतया मेरा लागि जम्मा बीस मिनेटको हो। तर घरबाट निस्कन अलिकति मात्र पनि ढिलो भयो भने कार्यालयसमयको जाममा परिन्छ। अनि त समय बीस मिनेटबाट डेढ घन्टा लाग्ने भइहाल्छ।

बाइक सुचारू गर्ने बित्तिकै तेलको डाँडी लुत्रुकै तलतिर लागेकोमा आँखा गइगो। अर्थात ट्यांकी खाली छ। भाउ बढ्ने हल्लाले हो कि के हो, हिजो पेट्रोल पम्पमा "छैन"वाला साइनबोर्ड झुन्डिएका थिए।  आज पनि उही त हो पारा। अब बाटैमा पर्ने भरपर्दो पम्पमा नै जानु पर्यो।

Sunday, September 25, 2016

हाकिम (कथा)

बाह्रखरी.कममा प्रकाशित, २०७३ श्रावण २२ शनिबार



बिहानको १०.३० को समय । हातमा निवेदन बोकेर निर्देशकको कार्यकक्ष अगाडि पुगेको अनिल टक्क अडियो । समान्यतया ऊ हाकिमको कोठामा पस्नुअघि ढोका ढक्ढकाउने गर्दैनथ्यो ।निर्देशक भनेको कार्यालयको अभिभावक हो र अभिभावकको अगाडि पर्न डराउनु हुन्न र अनावश्यक शिष्टता भनेको चाकरी हो भन्ने ऊसको मान्यता हो ।

गजल १०४


हरेक जन्मदिनले भन्छ मेरो उमेर बढेको छ
हरेक दिन मलाई लाग्छ मेरो आयू घटेको छ

Sunday, August 28, 2016

गजल– १०३

बाटोले नि सोध्न थाल्यो आखिर पुग्ने कता रै'छ?
बाटोलाई नि थाहा छैन सक्किने ऊ कहाँ रै'छ?

बाटो हेरी बाटैबाटो अघि लाग्यो एक फिरन्ते
दोबाटोको घर भित्र टुङ्गिने एक कथा रै'छ

Sunday, August 21, 2016

गजल १०२

यो रातमा टिल्पिलाउँछन् तारा एक्लै भएर
अँगालोमा राखेको छु मैले जून बेरेर

तिमी आए पछि अब भित्ता भित्ता बोल्नेछन्
राखेका छन् अनिँदा रातका कथा साँचेर

Wednesday, August 3, 2016

गजल १०१

कि त आफैं बाटो खोलिदेऊ भगवान्
या कोदालो हातमा राखिदेऊ भगवान्

अरु केही पनि माग्ने छैन तिमीसँग
बस् आमाका इच्छा बुझिदेऊ भगवान्

Saturday, July 2, 2016

तस्बीर (कविता)

जिवनमा एक्लो दिनहरू पनि थिए 

मनमा सजाएको युगल तस्बीरहरु 
आँखाभरी नाचेको बेला 
ती एकाङ्कीहरु मेट्न 
म तस्बीर खिँच्थे 

दृष्यहरु रेखाहरुमा 
खिँचिएकाहरु मध्य 
दुःख र विछोडका तस्वीरले 

Saturday, June 25, 2016

गजल १००

Image by: ImageZoo
मालीले फूल टिपी कोसेली दियो
उसलाई मौरीसँग दुश्मनी थियो

आफ्नो दुःखभन्दा के ठूलोे खोज्दैथेँ
त्यही बेला नौलाख तारा गनियो

Wednesday, June 15, 2016

गजल ९९

जो थिए भुली गए, जो छन् ती मीत भए
मायालु फेरिनु त मायाका रीत भए

धूलोका पत्रपत्र फ्रेमका घुम्टी बने
जब त्यो तस्बिरका मुस्कान अतीत भए

Thursday, May 19, 2016

गजल ९८

हजार चोट सहेर उ हाँसे जस्तो गर्छ
आकाश पाताल बीचको हद नापे जस्तो गर्छ

अचानोले खुकुरीलाई प्रेम त गर्न खोज्छ
हरेक चोटमा ती गोदना खोपेे जस्तो गर्छ

Monday, May 16, 2016

गजल ९७

त्यो बसन्त पछि वर्षात् लगातार आएको छ
एक फूल झरेपछि बूँद हजार आएको छ

फूल टिप्न हुन्न भनि जसले भन्यो जिन्दगी भर
उसको चितामा फूलगुच्छा उपहार आएको छ

Monday, April 25, 2016

कल्लेरी डाँडामा घाम लाग्यो घमाइलो


कल्लेरी डाँडाबाट देखिएको त्रिशुली नदी तथा पृथ्वी राजमार्ग

"धादिङ जाउँ यो शनिवार, बाइकमा " काली दाइले  प्रस्ताव राखे । बाइकमा भन्ने सुन्ने बित्तिकै विना कुनै हिचकिचाहट हुन्छ भन्ने जवाफ पनि दिएँ । तर शुक्रबारसम्म पनि थाहा थिएन धादिङको कुन ठाउँ के का लागि जाने भनेर ।

जानु पर्ने ठाउँ रहेछ कल्लेरी । आदमघाटबाट झोलुङ्गे पुल तरेर लगभग १० किमी कच्ची बाटोमा फनफनी घुम्दै कल्लेरी पुगिने रहेछ ।

अनि कार्यक्रम रहेछ,  रङ्गकर्मीहरूले सहयोग जुटाएर बनाएको सामुदायिक भवनको उद्घाटन सँगै साङ्गितिक कार्यक्रम तथा नाटक मञ्चन ।

साथीहरूको साथ, कल्लेरीको प्राकृति, भौगोलिक सुन्दरता सँगै स्थानीयको साथले त्यहाँको कार्यक्रम एकदमै रमाइलो भयो । त्यो रमाइलो तस्वीरमा मज्जाले देखिन्छ ।

प्रमुख अतिथिका साथ रङ्गकर्मीहरू
बायाँबाट क्रमशः जिवेश रायमाझी, प्रविण खतिवडा, सपना चौधरी, प्रभास, गुञ्जन दिक्षित, कालीप्रसाद बासकोटा, लक्ष्मी बर्देवा, केदार श्रेष्ठ, मणिराम पोखरेल, रेणुका कार्की, लोकेन्द्र लेखक, परिक्षा लामिछाने, सञ्जिव खतिवडा, राज शाह, दिलिप रानाभाट, सागर लामिछाने

Sunday, January 31, 2016

गन्तव्य (कविता)

Sand Sketch: Living Forest by David Myriam
अन्जान बाटोमा हराएँ म
हिँड्दा हिँड्दै मेरो बाटो हरायो
आउँदै गरेको तिमीलाई बाटोको ठेगाना सोधेँ
तिमीले भन्यौ "मलाई पनि थाहा छैन"
बल्ल मलाई लाग्यो म ठिक बाटोमा छु

तिम्रै हात थामेर अगाडी डोर्याउँदा
तिमीलाई दोधार हुँदो हो
आएकै दिशामा फर्किनु ठिक होला त?

नसोच धेरै,
म जहाँबाट आएँ र तिमी जहाँ जाँदैछौ
त्यहाँ केही खुशि बाँकी छैन
तर तिमी जहाँबाट आएकी हौ
मलाई ... हामीलाई त्यहीँ जानु छ

त्यहाँ बसन्त छ
त्यहाँ उमङ्ग छ
तिम्रो हात थामे खुशी त्यही मौलाउने छ ।

Sunday, January 3, 2016

भोली (कविता)

http://lenaih.deviantart.com/art/sunset-candle-344589030
केही हुन्छन् जो,
भोलीका लागी आज बिथोल्छन्
तर,
भोली पनि आजै भएर आईदिन्छ
ती फेरी भोली नै कुरी रहन्छन्

भोलीका लागी बाँच्नेका
दुःख कहिले सकिएनन्


Popular Posts