Thursday, August 7, 2014

फिलिङ वरिष्ठ

एकाबिहानै आँखा खुल्यो ।

छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नोटिफिकेसन रहेछ । जुरुक्क उठेँ र हत्तपत्त सो टुइट हेरेँ ।

१०० सय आरटी पुगेको रहेछ । बुरुक्कै उफ्रेँ । ज्यान अररिएर आयो, छाती तनक्क भो ।

म त आज देखि वरिष्ठ भएँ!!!



सलमान खानले २०० करोड कमाउँदा के मख्ख पर्यो होला र? जति म भइरहेको छु । #FeelingSalmanKhan



विस्तारै यो टुइटलाइ १०० आरटी खुवाउन गरेका तिगडमहरू याद आए । कतिजनालाइ यो टुइट हेर्नुभयो भन्दै डिएम गरेको चाकडी कहाँ बिर्सनु? आफ्ना भ्राताहरूलाइ दैनिक अन्डू गर्दै रिटुइट गर्न लगाएको, सन्दर्भहीन मान्छेलाइ मुछेर बकवास कन्भर्सेसन तन्काउँदै बेलाबेलामा टाइमलाइनमा टुइट देखिने गरेको ... उफ्फ कम्ता गाह्रो छ र?
अब ती केटाहरूलाइ चियाखाजा खुवाउन पर्छ, तिनिहरूको बकवास टुइटहरू आफूले पनि रिटुइट गर्नुपर्छ...छ्या...
तर के गर्नु वरिष्ठ हुन सजिलो छ र?

यही खुशीमा एउटा टुइट लेखिहालुँ झै भयो । तर झल्यास्स याद आयो म त वरिष्ठ हुँ !! कहाँ यसरी जे पायो त्यो लेख्ने? शिखरमा पुग्न गाह्रो छ, शिखरमा टिकीरहन झन गाह्रो छ । किनकी शिखर साँघुरो हुन्छ र तलबाट शिखर चढ्नेहरूको लाम लामो छ । अब तिगडम नभिडाइ कहाँ टिक्नु?

अबदेखि झारपात टुईट गर्नुहुन्न । सोचेर मात्र उत्कृष्ट खालका टुईट फुराउनु पर्छ र सो टुईटको प्रवर्द्धनमा पूरापुर समय खर्च गर्नुपर्छ । मान्छेहरू सँगको अन्तर्क्रिया गर्दा जवाफमा स्माईलीमात्र दिईनेछ । रमाइलो ठट्टा गर्नु हुन्न ।

अब देखि ब्राउजरको एउटा ट्याबमा "एकतारे" गाजा" किवोर्ड सर्च गरेर राख्नुपर्छ । कसैले मलाइ बतासे हान्ने बित्तिकै तुरुन्त ख्याँस्स ":)" ":D"  दिइहाल्नु पर्छ । मान्छेहरूलाइ हामीजस्ता वरिष्ठले पनि रेस्पोन्स गर्छन् भनेर मख्ख त पार्नुपर्यो । फेरी आफ्नो प्रोफाइल फोहोर हुन्छ, केही समयपछि सब्बै डिलेट गर्नुपर्छ ।

फलोब्याक मागेर गनगन गर्ने जति सबैलाइ दिने क्षणिक फलोब्याक गर्नुपर्यो । धेरै किचकिच गरे एउटा वरिष्ठ टुइटमा डाइलग ठेलेर ब्लक गर्नुपर्यो । हुन त म्यूट अप्सन छ अहिले तर यस्ता फुलीहरूलाइ तह लाउन ब्लक नै गर्नपर्छ । अनि आफ्नो टाइमलाइनमा मलाइ गाली गर्दै टुइट गर्छन्, नकारात्मक प्रचार पनि त प्रचार नै हो । मान्छेले मेरो टुइट हेर्न अर्को अवसर पाउनेछन् ।


अनि यी जम्मै झारेझुरे टुइट गर्ने सबैलाइ अनफलो गरेर फलोअर्स र फलोइङ्गको अनुपात १००:१ बनाउन पर्यो । टेमलाइनमा आफूलाइ खुराक नमिल्ने, खाने, सुत्ने, हग्ने, मुत्ने गफ बाहेक अरू नलेख्ने वाहियातहरूलाइ किन फलो गर्नु??

कोही म जस्तै वा म जस्तै हुन लागेका वरिष्ठले पेँच हानेर टुइट गरेमा वा टाइमलाइन मै विवाद गर्न आएमा चै त्यहाँमा कुरा गरिरहन हुन्न । सुटुक्क डिएममा सन्देश पठाएर गुनासो गरेर कुरा मिलाउन पर्छ । अरू झारेझुरे किचकिच गर्न आएमा पुरा वरिष्ठ पारामा यो कुरामा विवाद नगरुँ भनेर इस्माली :)) देर कुरा टुङ्ग्याइदिनु पर्छ ।


तर यार ! जति वरिष्ठ भएपनि म त म नै हुँ । मेरो असलियत कहाँ गएर पोख्नु? जिस्कनै पर्यो, ठट्टा गर्नै पर्यो, भारेभुरेलाइ पेलेर उडाउनै पर्यो ।

ह्म्म......
आइडिया !!
अब यसका लागि एउटा फेक हेन्डल बनाउन पर्यो । अब यो फेक हेन्डलमा चै आफ्नो परिचय नखुलाउने तर सबैलाइ थाहा पनि होस् कि म हुँ भनेर । अनि त पुरापुर सेफ साइडमा, टेन्सनै भएन ।

ल गज्जब वरिष्ठ भइयो आजदेखि !!

16 comments:

  1. Read your blog almost after 2 yrs.Your writing has improved indeed.

    ReplyDelete
  2. हाहा । बडो टेस पर्नी लेखेच असईले :D

    ReplyDelete
    Replies
    1. हजुरहरू कै प्रेरणा हो दाइ :)

      Delete
  3. सबभन्दा बढी टेस त लेन्दाई लाई नै परेछ क्या ? ;) खुब मजाले कमेन्ट गर्नु भो त :p
    #टेस

    ReplyDelete
  4. हाहा!!! एकतारे दाजुले नि हसाउनु भो :D

    ReplyDelete
    Replies
    1. हड्डी हाँस्यो है? :)

      Delete
  5. एकतारे रक्स

    ReplyDelete
  6. यो पढेर #fellingMunnaBhai भएको अवस्था हो |

    ReplyDelete
  7. टेस परो है मलाई नी;)

    ReplyDelete
  8. हाहाहा हँसाए दाजुले !

    ReplyDelete
  9. नुन देखि सुनसम्म भारतकै भर अझ त्यसमाथि मसला समेत उसकैबाट अाको मन पराउने अनि कड्किएर बुरुक्क बुरुक्क गरेर भारतकै विरोध गर्दै सित्तै दिएको छ त पैसा तिरेको छु भनी कुर्लिने यस्तै छ ।

    ReplyDelete

Popular Posts