Sunday, June 28, 2015

घर कहाँ? (कथा)

कार्यकक्षमा एकाबिहानै एकजना अपरिचित व्यक्ति आइपुगे र सिधै सोफामा विराजमान भए ।

"भाइ नमस्कार म फलाना"
"अँ....नमस्कार सर, बस्नुस् न ।  "
"अनि भाइको घर चैं कहाँ?"
"कपिलवस्तु"
"ए कपिलवस्तु पो! कपिलवस्तु को कता? "
"अँ दक्षिण तिर पर्छ"
"दक्षिण कता?"
"हजुर पुग्नु भएको छ?"
"अँ भन्नुस् न "
"जवाभारी गा.वि.स. पर्छ"
"ए ए त्यो कता पर्छ?"
"चन्द्रौटाबाट कृष्णनगर जाने बाटोमा पर्छ"
"ए ए... चन्द्रौटासम्म पुग्या छु म । ५ वर्ष अगाडी नेपालगञ्ज गएको थिएँ बसमा, त्यहाँ चिया खान  रोक्या थियो"

Thursday, June 11, 2015

गजल - ९४

के पो थिएँ म, के भएँ अहिले
अहिले म छु, के थिएँ पहिले

संसार देख्थेँ, आँखा खुल्ला थिए
आँखामा सपना पाल्ने गर्थे मैले

एकतारे सुनिनेछ बुझिनेछ
अरू साज थाक्ने छन् जहिले

Friday, June 5, 2015

गजल - ९३

तिमी हाँस्दै गरेको ठूलो तस्बीर अझै हासेकै छ
भलै निधार बीचमा त्यसको सीसा चर्केको छ

हाम्रो कोठामा जताततै धूलै–धूलो जमेको छ
जहाँ छुन्छु त्यहाँ तिम्रो नाम लेख्न मिलेको छ

(धन्यवाद विनु सुवेदीलाई, यो शेरको भावका लागि)

तिम्रा सबै सामानहरू यो कोठामा उस्तै नै छ
मात्र पात्रो फेरिएको छ, घडी घुमी रहेको छ

म आकाशमा जून हेर्छु त्यही जून मलाई हेर्छ
यो दूरीमा जून र मेरो चोखो प्रेम बाँचेको छ

जति हिँडे पनि पाईला पुग्ने छैन लक्ष्य सम्म
हरेक नयाँ दोबाटोमा गलत बाटो रोजेको छ

Popular Posts