कार्यकक्षमा एकाबिहानै एकजना अपरिचित व्यक्ति आइपुगे र सिधै सोफामा विराजमान भए ।
"भाइ नमस्कार म फलाना"
"अँ....नमस्कार सर, बस्नुस् न । "
"अनि भाइको घर चैं कहाँ?"
"कपिलवस्तु"
"ए कपिलवस्तु पो! कपिलवस्तु को कता? "
"अँ दक्षिण तिर पर्छ"
"दक्षिण कता?"
"हजुर पुग्नु भएको छ?"
"अँ भन्नुस् न "
"जवाभारी गा.वि.स. पर्छ"
"ए ए त्यो कता पर्छ?"
"चन्द्रौटाबाट कृष्णनगर जाने बाटोमा पर्छ"
"ए ए... चन्द्रौटासम्म पुग्या छु म । ५ वर्ष अगाडी नेपालगञ्ज गएको थिएँ बसमा, त्यहाँ चिया खान रोक्या थियो"
कुरा बल्ल बुझियो । महोदय कपिलवस्तु पुग्नु पनि भएको रहेनछ, खाली बाटो परेको रहेछ ।
"ए... "
"अनि भाइको पहाड घर चै कता? कताबाट झर्नु भएको? " महोदय अलि गहिरै तिर खोतल्न थाल्नु भयो ।
"..."
"गुल्मी कि पाल्पा?? " मैले बोल्न अगाडी नै वहाँले अनुमान लगाइसक्नु भएको थियो ।
"मेरो पहाड घर गोरखपुर हो सर"
"गोरखपुर? कुन जिल्लामा छ त्यो..." एकछिन अवाक् भएपछि वहाँले फेरी कुराको क्रम बाँध्नु भयो ।
"हाहाहा....म चौधरी हो..." म मज्जाले नै हाँसे । गोरखपुर त भारतीय शहर पो त ।
"ए चौधरी पो... तर कस्तो अचम्म है, त्यस्तो त लाग्दैन त.... लवज त आउँदै आउँदैन...मान्छे त बेग्लै हो भाइ तपाइँ "
"अँ...अलि बेग्लै नै छु"
"अनि तपाइँ त थारू जस्तो नि देखिनु हुन्न त ..हैन कसरी?" उनको बोलीमा उत्सुकता प्रस्ट झल्किएको थियो ।
"म थारू हैन नि त सर, कसरी थारू जस्तो देखिनु?"
"ए थारू हैन? अनि के बाहुन? तराई तिर त बाहुनले नि चौधरी लेख्छन्"
"बाहुन हैन सर, कपिलवस्तु तिर बाहुनले लेख्दैनन् "
"ए त्यसो पो, खै कता कता सुनेको...विनोद चौधरी पनि त मारवाडी हुन् चौधरी लेख्छन्"
"अँ हो । पाकिस्तान जानुस् मुसलमानले पनि चौधरी लेख्छन् " मेरो व्यङ्ग बुझे बुझेनन् । थाहा भएन ।
"ए ए..हो त है..."
"अँ म कुर्मी चौधरी हो खासमा"
"कुर्मी?? त्यो भन्या के हो?" मैले मेरो यथार्थ खोलेँ तर यथार्थसँग अझै पनि वहाँलाई परिचय गराउनु पर्ने रहेछ ।
"अँ, कपिलवस्तु, रूपन्देही, नवलपरासी, बाँकेको जमिनदारहरू कुर्मी हुन् सर, सुन्नु भएको छैन"
"ए छैन त.... अँ एकजना साथी छन् हाम्रो अफिसमा ...चौधरी नै हुन्"
"कताका हुन् सर?"
"कपिलवस्तु कै हो वहाँ पनि, भानुप्रसाद चौधरी"
"होला होला सर, म चिन्दिन... त्यसो त मन्त्री नै थिए नि दानबहादुर कुर्मी चौधरी..सरलाई याद भएन?"
"ए अँ त्त है..."
लगभग पन्ध्र मिनेटको परिचय कार्यक्रम पछि महोदयले किन मलाई खोज्दै आए भन्ने मेसो नपाएपछि म आफैले मुख खोलेँ
"अनि सर, केही काम थियो कि?"
"ए हैन भाई, म पनि तिम्रै क्षेत्रमा काम गर्छु । यसो नाम देखेँ बाहिर, चिनजान भेटघाट गरौं भनेर मात्र आएको"
"ए ठिकै छ नि भेटेर खुशी लाग्यो सर, केही काम परे भन्नु होला"
"अँ, खासमा एउटा सानो काम पनि थियो, भाइलाइ भनिहालुँ न" महोदयले बल्ल आफ्नो पोकापुन्तुरा खोल्न तिर लागे ।
"के थियो होला सर भन्नुस् न"
"मेरी एकजना बहिनी नर्स छे के, यसो मिल्छ भने यतातिर कतै मिलाउन पाए हुन्थ्यो" कुरा खुल्यो ।
बल्ल अब महोदयले लिनु भएको अन्तर्वार्ताको औचित्य खुल्यो । कतैबाट सम्बन्ध गाँसेर आफ्नो काम निकाल्न यति तिगडम गरेका रहेछन् । म अब स्पष्ट हुनैपर्यो ।
"हामीले जागिर खुवाउन सक्दैनौ सर, लोकसेवाले नै पदपूर्ती गर्छ । कार्यक्रममा करारको नर्स लिने भयौं भने हामी विज्ञापन गरिहाल्छौं, सरले पनि देखि हाल्नु हुन्छ नि पत्रिकामा...त्यो बेला हेरौंला.... बरू चिया मगाम्? कालो कि सेतो?"
महोदयको अनुहारको चमक एक्कासी मलिन भयो । काम बन्ने छाँटकाँट नदेखिएपछि उनको दिमागको गोदाममा रहेका अनेक वाणीका हतियारहरू निकाल्ने मन गरेनन् । शायद हाकिमलाइ नै चिन्थे कि? के पो हो?
"हैन भाइ, अलि व्यस्त छु म ...विज्ञापन भयो भने जानकारी गराउनु न है.... म लागेँ अहिले ..नमस्कार है"
उनि एक्कासी उठे र नमस्कार पनि नसुनि बाहिर लम्किए ।
.........................................
चिया खान बोलाउन जाउँ भनि साथीको कोठा नजिकै पुगेँ । उनै महोदयको आवाज सुनियो ।
" हेर्नुस् सर! ... म त्यो सानो हाकिमको कोठैमा पुगेर कुरा गरेको थिएँ । साला मधिसे रै'छ, त्यसले हाम्रो काम गर्दैन . . .तपाइँ त आफू तिरकै मान्छे...लौ न पहल गरिदिनु पर्यो "
मनमनै हाँसेर एक्लै चिया खान लागियो ।
===x===

Story represent Nepalese culture. A good one. Please keep going. Best Wishes.
ReplyDeleteMahesh
स्वाद्लाग्यो ! ;))
ReplyDeleteबास्तबिकता , सटीक छ ।
ReplyDeleteछोटो अनि मिठो पनि
ReplyDeleteSabin ji ko sabda sabda ma jaduu cha tasai FAN hui6 ta
ReplyDeleteअच्छा छ कथा !
ReplyDeletefotoko matra hoina lekhko ni fan vayeee :)
ReplyDeleteगज्जप :)
ReplyDeleteपाल्नु भएको महानुभावको त कताको हुनुहुँदो रैछन् नि त ?
ReplyDeleteछरछिमेक कै हुन् । ;)
Delete