Monday, July 6, 2015

गजल - ९५

मालीले फूल टिपेर कोसेली दियो
उसलाई मौरीसँग दुश्मनी थियो

आफ्नो दुःख भन्दा के ठूलोे खोज्दैथेँ
त्यही बेला नौलाख तारा गनियो


 दोबाटोमा उल्झन थप्यो साथीले
मुख मोडियो अनि एक्लै हिँडियो

त्यसो त रूझ्न मन पराउन्न म!
छाता सापटी दे'को बेला भिजियो

म फेरि गुन्जिएमा कान थुन्नु होला
धुन फेर्न आउन्न, एकतारे परियो

1 comment:

Popular Posts