Thursday, May 10, 2012

बन्दः एक नजर

आजको बन्दमा जसरी भएपनि अफिस जाने जाँगर चल्यो । तर अफिस पनि कम्ती टाढा छैन, भक्तपुर सल्लाघारी देखि महाराजगञ्जसम्म १५ किलोमिटर भन्दा बढीको दुरी पैदल तय गर्नु पर्ने बाध्यता थियो । तैपनि क्यामेरा बोकेर हिँडे , बाटोमा देखिएका दृश्यहरू कैद गर्दै । लगभग ५ घन्टाको सल्लाघारी-कोटेश्वर-बानेशवर-मैतिदेवि-ज्ञानेश्वर-नक्साल-महाराजगञ्ज यात्राका क्रममा देखिएका केही दृश्यहरु

बन्द भन्ने थाहा हुँदा हुँदै किन आएको, फोड्दिउँ?
स्थानः सल्लाघारी

फुटपाथमा बाइक डोर्याउदाँ नि मौन ट्राफिक र प्रहरी दस्ता
स्थानः सल्लाघारी चोक



कता जानु अब?
स्थानः सल्लाघारी

राजधानी मै हाइकिङ्गको मजाः
स्थानः राधे राधे धाम

ठिमी चोक

बन्दकर्ता बाच्छाहरू, पक्कै बाहुन क्षेत्री हुन पर्छ ः
स्थानः ठिमी चारदोबाटो

जेष्ठ १२ पछि किस गर्न पाउनु हुन्न, अहिले जे गर्नु छ गरी हाल्नु
स्थानः चारदोबाटो

हुइँक्या कान्छा हुइक्या, यही हो मौका
स्थानः गठ्ठाघर उकालो

आनन्दको जागिर
स्थान गठ्ठाघर चोक

एक्लो यात्री
स्थानः कौशलटार

सुनसान कौशलटार

गुडाउन नपाएनी, डोर्याउन त पाइयो नि
स्थानः कौशलटार चोक

फोडिदिउँ कि फर्काउने
स्थानः कौशलटार चोक

आज हाम्रो कब्जा
स्थानः कौशलटार चोक

साह्रो घाम भयो गाँठ्ठे
स्थानः कौशलटार

उकाली ओराली
स्थानः लोकन्थली

फोटोसेसन
स्थानः लोकन्थली

बन्द भनेको मात्र गाडी बन्द हो
स्थानः जडिबुटी

आत्था, घाम लाग्यो
स्थानः जडिबुटी

लौ न हतार भयो...
स्थानः जडिबुटी

सुर्ती माडेर बलराम...
स्थानः जडिबुटी

आज छुट्टी, अनि बन्द
स्थानः जडिबुटी


दाजु उता बन्द छ??
स्थानः जडिबुटी

जिन्दगीको भारी
स्थानः जडिबुटी

पत्रिकाको लागि पोज
स्थानः जडिबुटी

बैनीको पनि फोटो चाहियो
स्थानः जडिबुटी

बन्दकर्ता र अवहेलनाकर्ता...ढाडमा एक दनक चै खाइन नानीले
स्थानः जडिबुटी

कुंगफु पन्डा
स्थानः जडिबुटी

आजको सवारी
स्थानः कोटेश्वर

भोका र  थकित ग्राहकको पर्खाइमा
स्थानः कोटेश्वर


आज हाम्रो दिन हो
स्थानः कोटेश्वर

बन्दको दिन गाडी चलाउने??
स्थानः कोटेश्वर

भारी बोकि पुग्नु छ कहाँ..बन्द न सन्द
स्थानः कोटेश्वर

सुनसान तिनकुने

बन्द व्यापार

फुर्सदको समयः रिल्याक्स

अशान्त शान्तिनगर

अखन्ड नेपालको लागि आन्दोलन

सन्देश चर्को छ
स्थानः नयाँ बानेश्वर

सुनसान बानेशवर

काममा व्यस्त
स्थानः बानेश्वर

कोणसभाः बानेश्वर

युवा नेताको भाषण
स्थानः बानेश्वर

मैतिदेवी

गर्मी लाग्यो की?
स्थानः मैतिदेवी

बाबाजीको डेरा सर्ने साइत
स्थानः मैतिदेवी

बाटो घेराउ कार्यक्रम
स्थानः मैतिदेवी

सवारीसधान विना सुनसानः मैतिदेवी

हिजो नेपालले जितेको होइन?
स्थानः मैतिदेवी

भ्यार्भयारेलाइ  बन्द न सन्द
स्थानः डिल्लीबजार

आज नि के को वान वे
स्थानः ज्ञानेश्वर उकालो

यो बन्दको समवेदना सबैलाइ
http://samabedana.com/


म फुलिरहन्छु बन्द न खुल्ला
स्थानः नक्साल


भाटभटेनी

व्यस्तता

बन्द भएनी काम त हुन पर्यो नि
स्थानः भाटभटेनी

यात्रा गन्तव्य तिरको
स्थानः बालुवाटार

एकछिन तमाशा हेरुँ न
स्थानः बालुवाटार

आज त म पनि कुदाउँछु बाटोमा
स्थानः बालुवाटार

प्रतिक्षा, खोइ कसको?
स्थानः महाराजगंज

खाली खाली बाटो
स्थानः महाराजगंज

कुर्सी मोह त्याग
स्थानः महाराजगंज
जे जस्तो उद्देश्यले आव्हान गरिएको भएपनि बन्दले कुनै पनि पक्षलाइ लाभ हुँदैन । दुइ पक्षको विचमा पिल्सिने सर्वसाधारण नै हुन् । बन्द मूर्दावाद !! बन्द मूर्दावाद !!

6 comments:

  1. good photography with nice caption!!!

    ReplyDelete
  2. गजबका लागे फोटा ।
    फोटोको विविधताले तपाईंले यी फोटा खिच्दा चालेका कदम र तनावको याद भएन ।

    बन्दविरुद्धको एउटा स्वर मेरो पनि ।

    ReplyDelete
  3. haha daammi fotaa...halka idea vakaa mun6e hun k yi, taivara ta ma blog her6u sittaimaa ;)

    ReplyDelete
  4. बन्द आफैलें हिँडेर देखे जत्तिकै भयो ।

    ReplyDelete

Popular Posts