भावना बग्दैन, छैन कि सरिता ।
लेखिन्न गजल, फुर्दैन कविता ।।
अक्षर मातिए, शब्द यी नर्तकी ।
श्रृजना शून्य भै, हेर्दै छु रमिता ।।
विचारको अभावमा मर्दैछ यो मन ।
साँस यो चल्दैछ, तयार छ चिता ।।
भागदौड जीवन, फुर्सद छ कसलाई?
सुस्ताई सुन्छन् की, वचन् यी विनिता ।।
गन्तव्य नपुग्दै, अडिएँ अनि हराएँ म ।
सुस्त म बटुवा, सबै छन् छरिता ।।
विरूप यो खोलभित्र चियाई त हेर ।
सजिएकी देख्नेछौ, हृदय ललिता ।।
तगारो तेर्सिए नि, रोकिन्न यो सफर ।
विद्रोही यो मन, कठोर संहिता ।।
Saturday, March 13, 2010
मोन प्रेम
कति मिठो हुन्थ्यो सफर् हिड्न पाए हात् समाती ।
दिन् त कट्यो जसो तसो कसो गरी काटु राती ।।
बोली सुक्छ हात काम्छ तिमी सामु परेपछि ।
उफ्रिन्छ खै किन होला, बेस्सरी यो देब्रे छाँती ।।
कल्पनामै दुल्हा राजा बनी खुबै रमाएथें,
एक्लो पाएँ आँफैलाई, बिपना यो कस्तो घाती ।
हाँस्छौ, बोल्छौ पराई सँग, धुँवा उठ्या कँहा देख्यौ ।
मन मेरो जल्छ यँहा, कुरा खेल्छन नाना भाँती ।।
घाम छाँया दोधारे भो जीवन यो पिङ सरी ।
झुल्नै परे गलाको त्यो पोते बनी झुल्नु जाती ।।
१४ फाल्गुन, २०६६
दिन् त कट्यो जसो तसो कसो गरी काटु राती ।।
बोली सुक्छ हात काम्छ तिमी सामु परेपछि ।
उफ्रिन्छ खै किन होला, बेस्सरी यो देब्रे छाँती ।।
कल्पनामै दुल्हा राजा बनी खुबै रमाएथें,
एक्लो पाएँ आँफैलाई, बिपना यो कस्तो घाती ।
हाँस्छौ, बोल्छौ पराई सँग, धुँवा उठ्या कँहा देख्यौ ।
मन मेरो जल्छ यँहा, कुरा खेल्छन नाना भाँती ।।
घाम छाँया दोधारे भो जीवन यो पिङ सरी ।
झुल्नै परे गलाको त्यो पोते बनी झुल्नु जाती ।।
१४ फाल्गुन, २०६६
बल्झिएको रोग
तिमि,
रूघाखोकी हो र?
केही दिन सताएर,
साथ छाडी जाने,
अरूमै रमाएर
कहिल्यै नफर्किने |
तिमि,
म भित्रै सिर्जित क्यान्सर,
छैन कुनै उपचार,
पलपल कणकणमा फैलिदैँछौ,
छैनौ कुनै छेकवार|
तिमि,
मेरो रगतमा रमाएकी
HIV AIDS ,
लागेपछि ज्यानै लिन्छौ,
तर,
नमरुन्जेल साथ पनि त हुन्छौ|
रूघाखोकी हो र?
केही दिन सताएर,
साथ छाडी जाने,
अरूमै रमाएर
कहिल्यै नफर्किने |
तिमि,
म भित्रै सिर्जित क्यान्सर,
छैन कुनै उपचार,
पलपल कणकणमा फैलिदैँछौ,
छैनौ कुनै छेकवार|
तिमि,
मेरो रगतमा रमाएकी
HIV AIDS ,
लागेपछि ज्यानै लिन्छौ,
तर,
नमरुन्जेल साथ पनि त हुन्छौ|
Subscribe to:
Posts (Atom)
Popular Posts
-
संसार कहाँ चाहिन्छ र? एउटा खास हुनुपर्छ माया दिँदा माया पाउने जिउँदो आश हुनुपर्छ तिम्रा हरेक सवालको सही जवाफ पाउने छौ मैले सत्य बो...
-
जति जति काट्दै फाल्यो उति धेरै पलाउँछ । नकाटेर बसुँ भने झनै साह्रो चिलाउँछ ।। दिकदार लागेर म फँडानी जो गर्न खोज्छु । भन्छिन् उनी केटा तेरो ...
-
Pic by Stefan Stenudd सुनेको, देखेको र भनेको कुरा, प्रेम पागल हुन्छ । हुँदो रहेछ, थाहा हुन गाह्रो भएन । पागलपन पनि रमाइलो र लोभलाग्दो हुँ...
-
मनको आकाशमा झिल्मिलाएका ताराहरू गाँसेर एउटा गजल बुनौ भनेको, जून बनि तिम्रो मुहार झुल्किए पछि ताराहरू त्यसै विलाउँछन् बसन्तको कोसेली यी रंगी...
-
आकाशको उचाँई छुने प्रयास गर्दै अग्लिएका भवनरूको फेदमा फैलिएको, पुतलीसडक... त्यहाँ उभिएर हेर्दा दूर क्षितिजमा देखिने पहाड हाँस्दै थियो ...