तिमी बिनाको जब रात आउँछ
भित्तालाई नि खूब बात आउँछ
मिठ्ठो लाग्दैछ मलाई यो जिन्दगी
आजकाल तिम्रो, मात्र याद आउँछ
आँखा खोलेर सपना बिच्काउँछु
त्यो सँगै जीवन रेट्ने मात आउँछ
फूलका सपना रच्ने आँखाहरूमा
फूल झरे पछि बरसात आउँछ
मलाई अब बोलाउँदा याद राख्नु
'एकतारे' नाम 'श्री' पश्चात आउँछ
Monday, December 31, 2012
Saturday, December 8, 2012
भीडमा याद मेटिन्न रै'छ (गजल)
भीडमा याद मेटिन्न रै'छ
भीडमा साथ भेटिन्न रै'छ
कहाँ सकें त्यो दिल तोड्न
आफ्नै घर तोडिन्न रै'छ
आफू हेर्छु मुसुक्क हाँस्छु
ऐनामा आफै देखिन्न रै'छ
अरु रूँदा सम्झाउँथे खूब
आफू दुख्दा हाँसिन्न रै'छ
एक्लै दुख्दा बुझ्दैछ मनले
सबै दुःख बाँडिन्न रै'छ
यता आवोस् कि उता जावोस्
दोबाटोमा अडिन्न रै'छ
फूल सँगै पलाए पनि
काँडा भने ओईलिन्न रै'छ
संसार सँग भिड्न सक्छु म
आफै सँग सकिन्न रै'छ
आजादीको कैदी भएँ म
खुल्ला भई उडिन्न रै'छ
था' भो चित्त दुखेको मेरो
त्यसै गजल लेखिन्न रै'छ
खर्च कति गरिस् एकतारे?
त्यसै ताली पाइन्न रै'छ
Wednesday, December 5, 2012
छोटो कविताः किशोर पहाडी
छाम्छु −
आफ्नो छातीको देब्रेतिर
ढुकढुक ढुकढुक,
ढुकढुक ढुकढुक...
को त्यहाँ हृदयअगाडि
उभिएर
ढोका ढकढक गरिरहेछ हँ ?
– किशोर पहाडी
आफ्नो छातीको देब्रेतिर
ढुकढुक ढुकढुक,
ढुकढुक ढुकढुक...
को त्यहाँ हृदयअगाडि
उभिएर
ढोका ढकढक गरिरहेछ हँ ?
– किशोर पहाडी
Saturday, December 1, 2012
Subscribe to:
Posts (Atom)
Popular Posts
-
ओ पहाडिन! तोहार हमार कौन कौन चीज मिलत है? मन मिलत है सोच मिलत है भविष्य कय योजना मिलत है नाहीँ मिलत है तो खाली ई नाम कय पिछे आय...
-
एकाबिहानै आँखा खुल्यो । छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नो...
-
दशैं गयो । सक्कियो । नेपालीको एकहप्ते चुमचुम सक्कियो । काठमाडौं आजदेखि फेरि जाग्यो । बिहानै देखि कोटेश्वर चोकमा जाम थियो । तर धूलो अझै ...
-
मलाई बिहे मनपर्दैन । मैले यो भन्दा खेरि संसार रिसाओस् मतलब भएन, मेरी श्रीमति रिसाउनु भएन । खासमा मलाई बिहे मन नपरेको हैन । मन नपरेको भए ब...
-
How lonely can a person get in a big city? Among millions of people its hard to find friend. Here are few moment I captured during my ...