Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts

Thursday, January 26, 2012

मुक्तक

प्रेम यात्रामा यात्री हुँ म बाटो पनि म नै
होस गर है तिमीले टेक्ने माटो पनि म नै
मुस्कानको त्यो तेर्सो धर्सा कोर्ने मसी नि म
तिम्रो गालामा बग्दै सुक्ने टाटो पनि म नै

Tuesday, July 12, 2011

मुक्तकहरू

१.बुझाउन मनका कुरा म कवि बनेँ
स्वरूप आफ्नो भुली तिम्रो छवि बनेँ
मुटु छेउ लुकेको माया कहाँ देख्यौ र
बाटो तिम्रो उजेली गर्न रवि बनेँ

====================
२. पिडा साट अलिकति, खुशी दिन्छु धेरै धरै
तिम्रा आँखा रसाइदिए, म नि रून्छु धेरै धरै
धेरै कुरा लुकेको छ, तिमी भित्र के छ के छ
खुल्ला तिम्रो मन गरे माया छान्छु धेरै धेरै

=====================
३. तिम्रो बयान गर्ने गजल गीत लेख्न छाँडे अब
नआउ भो मनको छेउ, प्रित लेख्न छाँडेँ अब
अलिकति हार अनि धेरै जीतै जित देख्थे
हारैहारको थुप्रो लाग्यो, जीत लेख्न छाडेँ अब

Tuesday, November 2, 2010

Tuesday, June 1, 2010

मुक्तक

१.
आज फेरी त्यही इतिहास दोहोरियो ।
चोखो मेरो मनको उपहास दोहोरियो ।।
बनेथ्यो प्रेमी एकचोटि फेरी सबिन,
निर्दयी त्यो दिलको अट्टहास दोहोरियो ।।

२.
मुटुमा गडिएको बुझो जस्तो लाग्छ ।
राखुँ बिझाइराछ, फालुँ भेल बग्छ ।।
दिमाग बोल्छ " उखालेरै फालिदे सबिन"
पागल मुट फेरी उही पिडा माग्छ ।।

३.
मुटुको वेथा पाली शरिर ढल्दैछ ।
माया रेट्ने आरी आरामले चल्दैछ ।।
धोखा त पाएको हैन, तर किन होला,
विनासत्ती मन मेरो दनदनी बल्दैछ ।।

Popular Posts