याद छ त्यो वालापनको दिन?
हामी दुइ खेल्दै बगैंचामा पुगेका थियौ
एउटा बुटामा
ढुङ्गाले खोपेर
मैले एउटा पिपलपाते आकृति कोरेको थिएँ
हाँस्दै तिमीले भनेकी थियौ
यो त मेटिएर जानेछ
कयौं बसन्त शिशिर विते
त्यो बुटा अहिले ठूलो रूख भइसक्यो
त्यो रूखका हाँगाले
कयौं पालुवा हुर्काएर अनेक फूल
झारीसकेको छ
मैले खोपेको पिपलपाते आकृति
अझै पनि उस्तै उस्तै छ
अलि खुम्चिएको छ
अलि चाउरिएको छ
तर त्यो आकृतिभित्र
हामीले खोपेको
हाम्रो नामको शुरूवाती अक्षर
र
दुइ अक्षर विचमा 'प्लस' चिन्ह
जस्ताको तस्तै छ
--
विदावारी गरी
ढाड फर्काएर हामीले
आ-आफ्नो बाटो छुट्याएका थियौ,
पृथ्वी गोलो छ
जिन्दगीको एकफन्को घुमेपछि
विपरीत बाटाहरू
एकदिन अवश्य भेटिनेछन्
त्यती खेर तिमी र म
आमुन्ने सामुन्ने हुनेछौ
त्यो बेला तिमीलाइ कोसेली दिन भनि
मेरा रसाएका परेलीले
मोतीहरू साँची राखेका छन्
ती मोतीहरू
तिम्रा अधर विचमा सजाउनु है,
तिमीलाइ खुब सुहाउनेछ
वाह !
ReplyDeleteThank you guru :)
Deleteektare ji, ma ta harek din , tapaiko lekh po kurna thalechu...
ReplyDeleteThanks :D
Deleteमैले २० चोटी पढे ! केहि छ त्यसैले कविता भनिन्छ सायद. awesome ! keep it up bro..
ReplyDeleteधन्यवाद रूमनजी :)
Deleteसबिन एकतारे ji, if you would like to read my short story then you too can go here http://rumanamant.blogspot.com
Deletethank you!
sure :)
DeleteRamro!
ReplyDeleteThanks Rujan ji :)
Deleteपृथ्वी गोलो छ
ReplyDeleteजिन्दगीको एकफन्को घुमेपछि
विपरीत बाटाहरू
एकदिन अवश्य भेटिनेछन्
त्यती खेर तिमी र म
आमुन्ने सामुन्ने हुनेछौ
यो पंक्तिले त जित्यो।
bado gazzab!
ReplyDelete