पाउमा शिर झुकाउन उर्दि जारी भएको छ
जो चै थियो शैतान उही अवतारी भएको छ
रमिते भै हेरी बस्यो सदाचारी भनाउँदो
रोक्ने छ्क्ने हात भने दुराचारी भएको छ
नचलेर केही सीप हेपिएथ्यो हिउँदमा
खहरे त्यो उर्लिएर विनाशकारी भएको छ
बौलाहा त्यो बतासले हल्लाउनै सकेन छ
हल्ला गरि भन्छ पहाड अहँकारी भएको छ
के चैँ गर्ला भनिकन हेप्दा खेरी सानो भूल
फैलिएर सानो रोग महामारी भएको छ
January 29, 2011
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
कल्लेरी डाँडाबाट देखिएको त्रिशुली नदी तथा पृथ्वी राजमार्ग "धादिङ जाउँ यो शनिवार, बाइकमा " काली दाइले प्रस्ताव राखे । ...
-
हजार चोट सहेर उ हाँसे जस्तो गर्छ आकाश पाताल बीचको हद नापे जस्तो गर्छ अचानोले खुकुरीलाई प्रेम त गर्न खोज्छ हरेक चोटमा ती गोदना खोपेे जस्...
-
प्राइभेटमा के छ? सरकारीमा के छ? काम त काम हुनुपर्थ्यो, रोजगारीमा के छ?
-
ठिकै देखिए नि अलि वेठिक छु । आकाश खस्ने होकि भनी चिन्तित छु ।। कसो गरी रेट्छ फूलको धारले सोच्थेँ । आफू माथी जगत हाँस्दा पिडित छु ।। बल्द...
-
प्रेम गर्छु भनि एउटा भाँच्चिएको गुलाफ दिएर गयो कसैले बडो जतनका साथ तिमीले कपालमा सिङ्गार्यौ फुलदानीमा सजायौ ओईलिए पछि अमर प्रेमकहानी...
No comments:
Post a Comment