मनको वागमा बसन्तको मौसम पर्दा कलम चलोस्
अधरले मोती झल्काई, खुशी छर्दा कलम चलोस्
सुख दुख साथी तिम्रा पालै पालो आउँछन् जान्छन्
खुशीयाली मनको दैलो नजिक सर्दा कलम चलोस्
दुख पिडा हुँदा मात्र नछल्कियोस् आखाँहरू
हृदय त्यो खुशी भई आसुँ झर्दा कलम चलोस्
हाँस्न जाने पिरमा नि जीवन साह्रै मिठो हुन्छ
हाँस्दा हाँस्दै साढे साती दशा टर्दा कलम चलोस्
हाँसो मुस्कान बाँड्दा बाँड्दै अधर त्यो थाक्दा पनि
शब्द शब्द तिम्रो मनले सृष्टी गर्दा कलम चलोस्
२०६७ आश्विन १८, सोमवार
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
कल्लेरी डाँडाबाट देखिएको त्रिशुली नदी तथा पृथ्वी राजमार्ग "धादिङ जाउँ यो शनिवार, बाइकमा " काली दाइले प्रस्ताव राखे । ...
-
हजार चोट सहेर उ हाँसे जस्तो गर्छ आकाश पाताल बीचको हद नापे जस्तो गर्छ अचानोले खुकुरीलाई प्रेम त गर्न खोज्छ हरेक चोटमा ती गोदना खोपेे जस्...
-
प्राइभेटमा के छ? सरकारीमा के छ? काम त काम हुनुपर्थ्यो, रोजगारीमा के छ?
-
ठिकै देखिए नि अलि वेठिक छु । आकाश खस्ने होकि भनी चिन्तित छु ।। कसो गरी रेट्छ फूलको धारले सोच्थेँ । आफू माथी जगत हाँस्दा पिडित छु ।। बल्द...
-
प्रेम गर्छु भनि एउटा भाँच्चिएको गुलाफ दिएर गयो कसैले बडो जतनका साथ तिमीले कपालमा सिङ्गार्यौ फुलदानीमा सजायौ ओईलिए पछि अमर प्रेमकहानी...
No comments:
Post a Comment