मनको वागमा बसन्तको मौसम पर्दा कलम चलोस्
अधरले मोती झल्काई, खुशी छर्दा कलम चलोस्
सुख दुख साथी तिम्रा पालै पालो आउँछन् जान्छन्
खुशीयाली मनको दैलो नजिक सर्दा कलम चलोस्
दुख पिडा हुँदा मात्र नछल्कियोस् आखाँहरू
हृदय त्यो खुशी भई आसुँ झर्दा कलम चलोस्
हाँस्न जाने पिरमा नि जीवन साह्रै मिठो हुन्छ
हाँस्दा हाँस्दै साढे साती दशा टर्दा कलम चलोस्
हाँसो मुस्कान बाँड्दा बाँड्दै अधर त्यो थाक्दा पनि
शब्द शब्द तिम्रो मनले सृष्टी गर्दा कलम चलोस्
२०६७ आश्विन १८, सोमवार
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
फोटो र ब्लगको कुनै सम्बन्ध छैन अस्ती देखेको सपनाका कुरा गर्छु । ठाउँ चिनिन तर अमेरिका हुनुपर्छ । किनकी म अनुज र अभिसँग थिएँ ...
-
नाम जेसुकै दिए नाताको , भावना उही रहन्छ । पाउने नपाउने दैव खुशी, चाहना उहि रहन्छ ।। नचाहे पनि मेरो हाल बुझ्न, तिम्रो खुशी। तिमी सँगै रा...
-
क्यालेन्डर चिथोरेर भित्तामा हेर फेरी एउटा बिहानी उदाएको छ फरक दिनको उस्तै बिहानी हो या फरक दिनको नयाँ कहानी हो सिरक भित्रैबाट हात तन्क...
-
सबै भेद विभेद भन्दा पर बसेर आऊ हामी सुनौं एकअर्कालाई न तिमीलाई म बुझ्ने कर होस् न मलाई तिमी बुझ्ने कर रहोस् बस्, तिमी सुनाउ म सुन्...
No comments:
Post a Comment