यात्रा सहज कहाँ छ र? बाटो छेक्ने छ टाकुरा
सफलताका शिखर चुम्ने रहर अझै छन् अधूरा
बेला बेला रसाईदिन्छ, बन्जर छैनन् आँखा मेरा
त्यही ओसमा पलाउने, विश्वासको म आँकुरा
सोचे जस्तो हुन्न यहाँ, चाहे जति पाउनु कहाँ
मन भित्र थोरै धेरै ईच्छा मेरा छन् अपूरा
कहिले त छिया छिया हुन्छ मेरो मन पनि
सम्हालेर आफैलाई, आशा बुन्ने म माकुरा
Thursday, October 7, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
कल्लेरी डाँडाबाट देखिएको त्रिशुली नदी तथा पृथ्वी राजमार्ग "धादिङ जाउँ यो शनिवार, बाइकमा " काली दाइले प्रस्ताव राखे । ...
-
हजार चोट सहेर उ हाँसे जस्तो गर्छ आकाश पाताल बीचको हद नापे जस्तो गर्छ अचानोले खुकुरीलाई प्रेम त गर्न खोज्छ हरेक चोटमा ती गोदना खोपेे जस्...
-
प्राइभेटमा के छ? सरकारीमा के छ? काम त काम हुनुपर्थ्यो, रोजगारीमा के छ?
-
ठिकै देखिए नि अलि वेठिक छु । आकाश खस्ने होकि भनी चिन्तित छु ।। कसो गरी रेट्छ फूलको धारले सोच्थेँ । आफू माथी जगत हाँस्दा पिडित छु ।। बल्द...
-
प्रेम गर्छु भनि एउटा भाँच्चिएको गुलाफ दिएर गयो कसैले बडो जतनका साथ तिमीले कपालमा सिङ्गार्यौ फुलदानीमा सजायौ ओईलिए पछि अमर प्रेमकहानी...
No comments:
Post a Comment