धेरै पछि आएको छ खुल्ला आकाशको मौसम
रंगीन चंगा सँगै आयो हर्ष उल्लासको मौसम
परदेशमा सुख खोज्दा आउँछ याद झलझली
आफ्ना सँग यौटै थाल मिठो एक गाँसको मौसम
रगतमा होली खेल्दै भक्तहरू धर्म गर्छन्
द्यौता पनि भन्छन् यै हो पाप विनाशको मौसम
कामै रोकी जगत यो लागेको छ खुशी बाँड्न
छाएको छ पिउनेलाई जुवा र तासको मौसम
बहाना यो बनोस् सबको दुख पिडा भुलाउने
सुख आउने बाटो कुर्ने मनको यो आशको मौसम
Friday, October 15, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
कल्लेरी डाँडाबाट देखिएको त्रिशुली नदी तथा पृथ्वी राजमार्ग "धादिङ जाउँ यो शनिवार, बाइकमा " काली दाइले प्रस्ताव राखे । ...
-
हजार चोट सहेर उ हाँसे जस्तो गर्छ आकाश पाताल बीचको हद नापे जस्तो गर्छ अचानोले खुकुरीलाई प्रेम त गर्न खोज्छ हरेक चोटमा ती गोदना खोपेे जस्...
-
प्राइभेटमा के छ? सरकारीमा के छ? काम त काम हुनुपर्थ्यो, रोजगारीमा के छ?
-
ठिकै देखिए नि अलि वेठिक छु । आकाश खस्ने होकि भनी चिन्तित छु ।। कसो गरी रेट्छ फूलको धारले सोच्थेँ । आफू माथी जगत हाँस्दा पिडित छु ।। बल्द...
-
प्रेम गर्छु भनि एउटा भाँच्चिएको गुलाफ दिएर गयो कसैले बडो जतनका साथ तिमीले कपालमा सिङ्गार्यौ फुलदानीमा सजायौ ओईलिए पछि अमर प्रेमकहानी...
No comments:
Post a Comment