हृदयका भेद खोली जब बोल्छन् आँखाहरू
साह्रै मिठो लाग्छ बोली जब बोल्छन् आँखाहरू
बादलुको घेरामुनी ईन्द्रेणीले मुस्कान छर्छ
रहरले खेल्छ होली जब बोल्छन् आँखाहरू
हतियार अनेक छन्, छानी छानी गर्छौ प्रहार
मुटु छेडी चल्छ गोली जब बोल्छन् आँखाहरू
समय यो टक्क अडी मोहनीमा तिम्रो भुल्छ
मुस्कानको जादू घोली जब बोल्छन् आँखाहरू
कुमारी त्यो मनको चाह झल्किदिन्छ नयनभरी
खोजे जस्तो लाग्छ डोली जब बोल्छन् आँखाहरू
Thursday, October 7, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
कल्लेरी डाँडाबाट देखिएको त्रिशुली नदी तथा पृथ्वी राजमार्ग "धादिङ जाउँ यो शनिवार, बाइकमा " काली दाइले प्रस्ताव राखे । ...
-
हजार चोट सहेर उ हाँसे जस्तो गर्छ आकाश पाताल बीचको हद नापे जस्तो गर्छ अचानोले खुकुरीलाई प्रेम त गर्न खोज्छ हरेक चोटमा ती गोदना खोपेे जस्...
-
प्राइभेटमा के छ? सरकारीमा के छ? काम त काम हुनुपर्थ्यो, रोजगारीमा के छ?
-
ठिकै देखिए नि अलि वेठिक छु । आकाश खस्ने होकि भनी चिन्तित छु ।। कसो गरी रेट्छ फूलको धारले सोच्थेँ । आफू माथी जगत हाँस्दा पिडित छु ।। बल्द...
-
प्रेम गर्छु भनि एउटा भाँच्चिएको गुलाफ दिएर गयो कसैले बडो जतनका साथ तिमीले कपालमा सिङ्गार्यौ फुलदानीमा सजायौ ओईलिए पछि अमर प्रेमकहानी...

No comments:
Post a Comment