हृदयका भेद खोली जब बोल्छन् आँखाहरू
साह्रै मिठो लाग्छ बोली जब बोल्छन् आँखाहरू
बादलुको घेरामुनी ईन्द्रेणीले मुस्कान छर्छ
रहरले खेल्छ होली जब बोल्छन् आँखाहरू
हतियार अनेक छन्, छानी छानी गर्छौ प्रहार
मुटु छेडी चल्छ गोली जब बोल्छन् आँखाहरू
समय यो टक्क अडी मोहनीमा तिम्रो भुल्छ
मुस्कानको जादू घोली जब बोल्छन् आँखाहरू
कुमारी त्यो मनको चाह झल्किदिन्छ नयनभरी
खोजे जस्तो लाग्छ डोली जब बोल्छन् आँखाहरू
Thursday, October 7, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
एकाबिहानै आँखा खुल्यो । छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नो...
-
World's Bloggers' Day 2012 and Celebration of 1st Anniversary of Meroreport.net Some of funny captures of the day Bann...
-
लूट भयंकर चल्यो, जसको मुखमा पनि लूटका पात्र, संवाद झुन्डिएका छन् । लूट हेरेको छैन मैले भनेर भन्न पनि लाज लाग्ने अवस्था आइसक्यो अहिले । यो लु...
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
उ र म ... हामी धेरै पुरानो साथी पनि होईन, लगभग एक वर्ष भयो होला चिनजान भएको । फेसबुकबाट साथी बनेपछि एउटा कार्यक्रममा भेटघाट भएको थियो हाम्र...

No comments:
Post a Comment