यात्रा थालि पाईला उठे सङ्घारमै गोधुली छ
रात परे के नै भयो साथ दिने जुनेली छ
साजगाज बिनापनि गाउनै छ जीवन गीत
सँगसँगै रमाउने एकान्तको सुसेली छ
पिर वेथा हरी दिन सँधै कहाँ सकुला र
लाज पचाई आँखा मेरा छोपीदिने परेली छ
के रिस गरुँ देउतासँग उसले दिएको जूनीलाई
सुखदुख रमाउने यो मन उसकै कोसेली छ
सगर नाप्छु भन्छ कैले सागरमा डुब्छ कैले
आफ्नो मनको चाह यौटा नसुल्झिने पहेली छ
अँधेरीको चादर ओढी सुस्ताई दियो जगत सारा
अनि मात्र थाहा भयो "सबिन" भित्रै उजेली छ
Monday, October 4, 2010 at 10:42am
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
बेतुक ही बेतमलब हँस ले हम क्यूँ ना हम इस लम्हे मे जी लें हम चलो बाँट ले हम जिन्दगी जरा आज यूँ कर ले कहो क्या खयाल है?? कहिले विना खु...
-
सबै भेद विभेद भन्दा पर बसेर आऊ हामी सुनौं एकअर्कालाई न तिमीलाई म बुझ्ने कर होस् न मलाई तिमी बुझ्ने कर रहोस् बस्, तिमी सुनाउ म सुन्...
-
क्यालेन्डर चिथोरेर भित्तामा हेर फेरी एउटा बिहानी उदाएको छ फरक दिनको उस्तै बिहानी हो या फरक दिनको नयाँ कहानी हो सिरक भित्रैबाट हात तन्क...
-
फोटो र ब्लगको कुनै सम्बन्ध छैन अस्ती देखेको सपनाका कुरा गर्छु । ठाउँ चिनिन तर अमेरिका हुनुपर्छ । किनकी म अनुज र अभिसँग थिएँ ...
-
उ र म ... हामी धेरै पुरानो साथी पनि होईन, लगभग एक वर्ष भयो होला चिनजान भएको । फेसबुकबाट साथी बनेपछि एउटा कार्यक्रममा भेटघाट भएको थियो हाम्र...
No comments:
Post a Comment