Tuesday, July 12, 2011

लिइ आउनु (गजल - ५० )



हृदयको लाली पोती हातमा गुलाब लिइ आउनु
बटुल्न छ फिर्ता धेरै मनमा अभाव लिइ आउनु

कैदी बन्न तयार छु झ्यालखाना त्यो मन भए
संसार सारा त्यही देखुँ यस्तो प्रभाव लिइ आउनु

बोकी आको छौ कि साथी तराजु र मानापाथी
लोभीपापी सोचसँग मनमुटाव लिइ आउनु

किस्ताबन्दी अध्यायमा छरिएको कहानी छ
पाना पाना सङ्गालेर सि‌गो किताब लिइ आउनु

तितो पिरो नथपे त माया मिठो कहाँ होला
कैले काँही पहिरिन रिसको नकाब लिइ आउनु

बेग्लै छ यहाँ परिभाषा देउता र मन्दिरको
सबिनको प्रेमधर्म सित लगाव लिइ आउनु

No comments:

Post a Comment

Popular Posts