सोध्छन् मेरा साथी, तँ किन पिउँदैनस्?
जिन्दगीको एउटा बेग्लै पाटो, किन जिउँदैनस्?
पिरै पिरको भारी बिसाउँदै चाखी हेर यो मात
दुख सारा भुलाउँदै लिइ हेर यसलाई साथ
म भन्छु अनि
हेर साथी हो, म पनि नमातिने त हैन
मेरो पनि भुल्ने बहाना नभएको त हैन
न ह्विस्कीको झमझममा,
न लोकलको रमरममा
म त मातिन्छु
अँगालोको आफ्नोपनमा
जब जब संसार देखि आतिन्छु
आफन्तको साथमा मातिन्छु
जब जब मनमा बढ्छ चिसोपन
रोज्छु आत्मियताको न्यानोपन
June 16, 2011
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
तस्वीर : सन्तोष पोखरेल ट्विटरमा भर्खर एकजना नानी आएकी छन् । उमेरमा मभन्दा कम छिन् । उनको हिसाबमा धेरै कम, मेरो हिसाबमा अलिकता मात्र क...
-
याद छ त्यो वालापनको दिन? हामी दुइ खेल्दै बगैंचामा पुगेका थियौ एउटा बुटामा ढुङ्गाले खोपेर मैले एउटा पिपलपाते आकृति कोरेको थिएँ हाँस्दै ...
-
दुइ मुटु एकै धड्कन बनिदिए हुन्थ्यो नि तिम्रै भएँ, मात्र तिम्रै ! भनिदिए हुन्थ्यो नि घट्ने थियो बोझ थोरै अनिँदा यी रातको मैले जस्तै ताराहरू...
-
एउटा रमाइलो साँझ, धरहराको फेदमा...केही रमाइला मनहरूको साथ धरहराको फेदमै अस्ताउँदै अर्को एउटा तातो दिन म त राम्री छु :) ब्रो त ...
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
No comments:
Post a Comment