सोच्दैँ थिएँ
किन हुन्छ देउताको भिड
सय, लाख, करोड हैन ३३ करोड
हरेक कुरा, हरेक चिजको देउता
आगो, पानी, माटो, हावा, जङ्गल आदि ईत्यादी
सबैको देउता
अझै सोचेँ,
अझै पढे,
अनि बुझेँ
चिजको देउता होइन
हरेक चिजमा देउता
आगो, पानी, माटो, हावा, जङ्गलमा देउता
कणकणमा देउता
म भित्र पनि देउता
म पनि एउटा देउता
आफ्नो मन खुशी राख्न सके
खुशी हुन्छ देउता!!
Saturday, October 16, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
याद छ त्यो वालापनको दिन? हामी दुइ खेल्दै बगैंचामा पुगेका थियौ एउटा बुटामा ढुङ्गाले खोपेर मैले एउटा पिपलपाते आकृति कोरेको थिएँ हाँस्दै ...
-
नाम जेसुकै दिए नाताको , भावना उही रहन्छ । पाउने नपाउने दैव खुशी, चाहना उहि रहन्छ ।। नचाहे पनि मेरो हाल बुझ्न, तिम्रो खुशी। तिमी सँगै रा...
-
यो संसार अजिब छ भन्थे, कोही कोही देख्दा चै साँच्चीकै संसार अजिब छ भन्ने कुरा माथी विश्वास लाग्छ । कुरो एउटा स्वप्रसिद्ध व्यक्तित्वको हो । वह...
-
तिमी बिनाको जब रात आउँछ भित्तालाई नि खूब बात आउँछ मिठ्ठो लाग्दैछ मलाई यो जिन्दगी आजकाल तिम्रो, मात्र याद आउँछ आँखा खोलेर सपना बिच्का...
-
धेरै पछि आएको छ खुल्ला आकाशको मौसम रंगीन चंगा सँगै आयो हर्ष उल्लासको मौसम परदेशमा सुख खोज्दा आउँछ याद झलझली आफ्ना सँग यौटै थाल मिठो एक गाँस...
No comments:
Post a Comment