हिँडि रहेछु म निरन्तर धरतीको अन्त छैन
म त सिद्धिन्छु यो समय असतीको अन्त छैन
यौटा टाकुरा नाप्छु फेरी अर्को शिखर उभिदिन्छ
कैले हो मैले सुस्ताउने? प्रगतिको अन्त छैन
भन्छ जिन्दगी फूलभन्दा काँडा नै पो बढी भयो
काँडा बोक्ने यी फूलसित पिरतीको अन्त छैन
भयो चाहिन्न दिन अब! रातमा नै रम्छु भन्दा
उजेली फेरी उदाईदिने नियतीको अन्त छैन
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
हिजो देखि नै मन ठाउँमा थिएन । अस्थिर । जिन्दगीमा के-के हुने हुने । घुमिफिरी उस्तै परिस्थिति बारम्बार आइदिने । पटक पटक भोगेपछि त बानी हुनु...
-
अब के? व्हाट् नेक्स्ट? समाजले सफलता भनेर ठहर्याएको एउटा मुकाममा पुगेर खुशी हुन पुगेपछि आउने मनोभाव बडो सकसपूर्ण हुने रहेछ । जिन्दगीमा अगा...
-
तिम्रो माया तीनकुनेको ट्राफिक बत्ति जस्तो न रातो बल्छ, न हरियो सुन्तले रङ्गमा झिमिक झिमिक गर्दै जसले जित्न सक्छ उसलाई बाटो दिन्छ ...
-
महिनाको २० गते पुगेपछि मलाई लाग्छ म त क्षमाको भण्डार हुँ । जँहा जे गरेपनि, जसलाई बोले पनि सरी मागेर हैरान । अनि म पनि दानवीर कर्णभन्दा कम क...
-
During our hefty Summer session in Korea University, we were offered to visit either Busan Industrial zone or Jeju Island. Jeju won the c...
No comments:
Post a Comment